vada
News

प्रचण्डले छोरीका लागि बनाएको यो महलको मुल्य थाहा पाएर पर्नुहुनेछ चकित्

काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला आफैले सार्वजनिक गरेको सम्पतिका कारण बहस र विवादमा पर्छन । सर्वहाराको राजनीतिक सिद्धान्त अनुसार बनेको पार्टीका प्रमुख भएपनि उनको राजशी जीवनशैली भने अचम्म लाग्दो छ ।

वि।सं। २०७३ सालमा प्रधानमन्त्री भएपछि प्रचण्डले आफ्नो सम्पति विवरणमा एक कट्ठा जमिन र तीन तोला सुनमात्र देखाएका थिए । पूर्व प्रधानमन्त्री प्रचण्डको सम्पति विवरण भने सर्वहाराकै जस्तो देखिए पनि उनको जिवनशैली प्रति भने त्यती बेला पनि निकै प्रश्न उठेको थियो ।

सम्पति विवरणमाथि चौतर्फी प्रश्न उठेपछि पटक–पटक स्पष्टिकरण दिइसकेका प्रधानमन्त्री प्रचण्डले देखाइएको सम्पतिपनि व्यक्तिगत नभएको दावी समेत गरिसकेका छन्। मन्त्रिपरिषदले बनाएको नियमावली विपरित प्रधानमन्त्री बनेको ४ महिना वित्दासम्म सम्पति विवरण सार्वजनिक गर्न ढिलाइ गरेर विवादमा तानिएका प्रधानमन्त्री प्रचण्डलाई सम्पति विवरण सार्वजनिक भइसकेपछि उठेका प्रश्नहरुको जवाफ दिन हम्मेहम्मे परेको थियो ।

उनले आफ्ना छोरीहरुका लागि बनाएको भब्य महलका कारण फेरी एकपटक विवादित बनेका छन् । उनले भैसेपाटी नजिक छोरी गंगाका लागि भब्य महल बनाएका छन् । सामाजिक सञ्जालमा उनको घर अहिले निकै भाइरल भएको छ । ट्वीटरमा जीवन श्रेष्ठ लेख्छन्, ‘प्रचण्डले भैसेपाटिमा छोरीहरूलाई बनाएको करोडौंको घर । गणतन्त्र’ ।

Related Articles

Back to top button