vada
News

भोलीदेखि छोटो दुरीमा सार्वजनिक गाडी सञ्चालन गर्न पाइने, भाडा दोब्बर लिइने

सरकारले भोली (शुक्रबार) बाट सार्वजनिक सवारी साधनहरु संचालन गर्न दिने भएको छ ।

सरकारले सम्बन्धित जिल्लाभित्र चल्न पाउने गरी यात्रुवाहक सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यो पढ्न छुटाउनु भयो कि
छोटो दूरीमा सार्वजनिक यातायात खोल्ने सरकारको निर्णय
ट्याक्सीसहित सार्वजनिक सवारी सञ्चालन गर्ने तयारीमा सरकार
मास्क नलगाई घरबाहिर निस्किनेलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन
मन्त्रिपरिषदका बैठकका निर्णय बिहीबार सुनाउँदै सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मापदण्ड पूरा गरी जिल्लाभित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय भएको बताए।

अहिलेका लागि अन्तरजिल्ला सवारी साधन चलाउन पाइने छैन। तर काठमाडौं उपत्यकाभित्रका तीन जिल्लामा सवारी एकअर्का जिल्लामा जान सक्छन्।

‘जिल्लाभित्र सार्वजनिक यातायात चल्न दिने।

तर अन्तरजिल्ला चल्न पाउँदैनन्,’ उनले भने, ‘काठमाडौं उपत्यकाभित्र र सम्बन्धित जिल्लाभित्र यातायात सञ्चालन गर्न दिने निर्णय भएको छ।’

उनले भोलिदेखि सार्वजनिक यातायात चलाउन सकिने पनि बताए।

निजी सवारी साधन मोटरसाइकलसमेत जोर/बिजोर प्रणालीमा चलाउन सकिने खतिवडाको भनाइ छ।

काठमाडौं उपत्यका र सम्बन्धित जिल्लामा ट्याक्सी सञ्चालन गर्न दिने निर्णय पनि भएको छ।

सार्वजनिक यातायातमा चढ्ने सबै यात्रुले मास्क लगाउनुपर्ने, सेनिटाइजर प्रयोग गर्नुपर्ने र चालकले पन्जासहित मास्क पनि लगाउनुपर्नेछ।

तोकिएको भाडादरको ५० प्रतिशत बढी भाडा लिन पाउने सरकारको भनाइ छ।

सार्वजनिक यातायातमा सामाजिक दूरी कायम गर्दा सिट क्षमताको आधा र सिटको एउटा पंक्तिमा एक जनामात्र बस्न पाउनेछन् । ढोकामा स्यानिटाइजर अनिवार्य राख्नुपर्नेछ भने यात्रुले मास्क अनिवार्य लगाउनुपर्नेछ ।

चालक र सहचालकले मास्कका साथै भाइजर र पञ्जा पनि लगाउनुपर्नेछ । एक दिनमा एक पटक बस निसंक्रमण पनि गर्नुपर्नेछ ।

लकडाउन सहज भएपनि सार्वजनिक सवारी र ट्याक्सी संचालन नहुँदा दैनिक कामकाजमा जाने व्यक्तिहरु मर्कामा परेका छन् त्यसमाथि पनि २ पाङ्गेहरुमा जोर बिजोर प्रणाली लागू भएसँगै उनीहरु थप समस्यामा परेका थिए ।

Related Articles

Back to top button