vada
News

भारतीय मिडियालाई नारायणकाजीको चेता’वनी : हद भयो, बकवास बन्द गर

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भारतीय मिडियाले हद नाघेर अनर्गल प्रचार गरेको बताएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राजदूत होउ यन्छीलाई जोडेर भारतीय मिडियामा अतिरञ्जित समचार आइरहेको प्रति प्रवक्ता श्रेष्ठले आपत्ति जनाएका हुन्। उनले अनर्गल प्रचारले सीमा नाघेको भन्दै बकवास बन्द गर्न चेतावनी समेत दिएका छन्।

बिहीबार सामाजिक सञ्जाल ट्विटरमा ट्विट लेख्दै प्रवक्ता श्रेष्ठले राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति आफूहरु एकढिक्को रहेको बताएका छन्।

उनले भारततर्फ संकेत गर्दै विदेशीको फुटाउ र स्वास्र्थ पूरा गर भन्ने राणनीति सफल हुन नदिने बताए। उनले नेपालमा के गर्ने भन्ने कुरा नेपालको आन्तरिक मामिला भएको बताए।

‘भारतीय सञ्चारमाध्यमले हाम्रो सरकार र प्रमका बारेमा गरेको अनर्गल प्रचारले सीमा नाघ्यो।हद भयो।बकवास बन्द गर’, सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले लेखेका छन्, ‘हाम्रो राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको निम्ति हामी एकढिक्को छौं। विदेशीको फुटाउ र स्वार्थ पूरा गर नीति सफल हुन दिनेछैनौँ। यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो।’

Related Articles

Back to top button