vada
News

खाना खाँदै गर्दा चट्याङ लागेर बेलबारीका पुरुषको मृत्यु

विराटनगर / घरमा खाना खाइरहेका बेला परेको चट्याङले लागेर मोरङको बेलबारीमा सोमबार राति ३८ वर्षीय पुरुषको मृत्यु भएको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठका अनुसार चट्याङ्ले लाग्दा बेलबारी नगरपालिका–५ कसेनीका मनीराम चौधरीको मृत्यु भएको हो ।

घरको बरण्डामा खाना खाइरहेका बेला हावाहुरी र वर्षासहित घरनजिकै परेको चट्याङ्ले लागेर चौधरी घाइते भएका थिए । साँझ ७ः३० बजेतिर चट्याङ्ले लागेर गम्भीर घाइते भएपछि उपचारका लागि ल्याउँदै गर्दा राति ८ बजेतिर बाटैमा चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ ।

Related Articles

Back to top button