vada
News

चोरेको पैसाले स्कुटर किन्ने १४ वर्षीय नेपाली प्रहरी नियन्त्रणमा

धादिङ, २५ असार । नुवाकोटको विदूर नगरपालिका–६ का १४ वर्षीय रमन नेपालीलाई ईलाका प्रहरी कार्यालय गजुरीले नियन्त्रणमा लिएको छ । काठमाडौंको बूढानिलकण्ठस्थित गणेश इन्टरप्राइजेजको पसलसँगै रहेकाे घरबाट ५ लाख ३० हजार नगर चो’री गरेर ल्याउने क्रममा धादिङ्गको पृथ्वी राजमार्ग अन्तर्गत गल्छीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । चो’री गरेको उक्त रकममध्ये २ लाख १० हजार रुपैयाँमा यमाहा सोरुम महाराजगञ्जबाट स्कुटर खरिद गरेको र बाँकी ३ लाख १० हजार साथमा बरामद गरिएको पत्रकार सम्मेलनमा इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक बिश्व राज खड्काले बताए स्कुटरसहति प्रहरी नियन्त्रणमा परेका नेपालीलाई थप अनुसन्धानका लागि महानगरिय प्रहरी बृत महाराजगन्ज पठाइएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

Related Articles

Back to top button