vada
News

केएमसी अस्पतालमा काठमाडौं गोकर्णका कोरोना संक्रमित बिरामीको मृत्यु

काठमाडौं । केएमसी अस्पताल सिनामंगलमा उपचाररत एक कोरोना पोजेटिभ बिरामीको मृत्यु भएको छ । काठमाडौं गोकर्णका ५४ वर्षका पुरुषको उपचारको क्रममा मृत्यु भएको हो । अस्पताल प्रशासन विभागका दिपक बस्नेतका अनुसार ती पुरुषमा अन्य स्वास्थ्य समस्या पनि थियो र पीसीआर परीक्षण गर्दा पोजेटिभ आएको हो । ती पुरुषको हिजो उपचारका क्रममा मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना पाजेटिभ व्यक्तिको मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।ती पुरुष मिर्गौलाको बिरामी थिए ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । श्वासप्रश्वासको समेत समस्या भएकाले केएमसीको भेन्टिलेटरमा राखेर उनको उपचार सुरु गरिएको थियो ।कोरोना संक्रमण भए–नभएको पत्ता लगाउन २१ गते उनको स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । तर, रिपोर्ट नआउँदै २५ गते उनको मृत्यु भयो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको छ ।

Related Articles

Back to top button