vada
News

एकैपटक १४९ जनालाई कोरोनाको आशंका, खरिपाटी क्वारेन्टिनमा राखियो

काठमाडौं, २७ असार । कतारवाट नेपाल आएकाहरुलाई कोरोना भाइरसको आशङ्का भएपछि क्वारेन्टिनमा राखिएको छ । शुक्रबार कतारबाट फर्किएका एक बालिका, छ महिलासहित १४९ लाई होल्डिङ सेन्टरमा नलगी भक्तपुरको चाँगुनारायण नगरपालिका–७ खरिपाटीस्थित क्वारेन्टिनमा लगिएको छ ।

कतार एयरवेयजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल ओर्लिएकामध्ये केहीलाई कोरोना सङ्क्रमणको आशङ्का भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सिधै खरिपाटीस्थित क्वारेन्टिमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।

एउटै विमानमा आएका केहीलाई कोरोनाको आशङ्का भएपछि सबै यात्रुलाई नियमानुसार होल्डिङ सेन्टरमा लगेपछि त्यहाँको प्रक्रिया पूरा गरी सम्बन्धित जिल्लामा पठाउने गरिए पनि उनीहरुलाई भने सिधै क्वारेन्टिन लगिएको हो । क्वारेन्टिनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले जानकारी दिइन् ।

यो अर्को समाचार, शुल्क तिरेर कोभिड–१९ परीक्षण गराउन पाइने
सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सरकारकै प्रयोगशालामामा निर्देशिका भन्दाबाहेकका मानिसले आफूलाई इच्छाएको बेला शुल्क तिरेर नमूना परीक्षण पाइने व्यवस्था गरिएको जानकारी दिए । स्वास्थ्यमन्त्री भानुभक्त ढकाललको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रिस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिका भन्दाबाहेकका नमूना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।

उहाँका अनुसार प्रदेश नम्बर १ मा कोशी अस्पताल, प्रदेश नं। २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश नं ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाउने छन् ।

आफैँ कोभिड–१९ को नमूना परीक्षण गराउन रु पाँच हजार ५०० लाग्ने छ । ती तोकिएका प्रयोगशालामा मानिसले शुल्क तिरेर परीक्षण गर्न पाउने छन् । यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीरअस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।

Related Articles

Back to top button