vada
Video

नाम होस गुमनाम नहोस्,चर्चाको भोक कती सम्म,मिडियामा छाउन यस्तो सम्म हुन्छ नाटक (भिडियो हेर्नुहोस)

नेपाली कलाकारहरुले फिल्ममा राम्रो अभिनय गर्दैनन् भनेर त दर्शकले भन्दै आइरहेका छन् । कलाकारलाई निर्माताले पनि गैरजिम्मेवार भएको आरोप लगाउने गर्छन् ।नेपालका कलाकार राम्रो काम गरेर भन्दा विवादमा आएर चर्चामा आउने गर्छन् । केही फिल्ममा शीर्ष भूमिका निभाएकी कलाकार पूजा शर्माले हालै एक अन्तर्वार्तामा आफूलाई नेपालमा कति जिल्ला छन् भनेर समेत थाहा नभएको खुलासा गरिन् । उनको यो खुलासाले कलाकार कतिसम्म गैरजिम्मेवार छन् भन्ने स्पष्ट पारेको छ । त्यसो त एउटा कलाकारलाई नेपालमा कति प्रदेश छन् या जिल्ला छन् भन्ने थाहा नहुँदैमा सबैलाई थाहा नहुन सक्छ भन्ने होइन ।

तर, धेरै कलाकारलाई सामान्य कुरा समेत थाहा नभएको भिडियो अन्तर्वार्तामा स्पष्ट पारिसकेका छन् । कलाकार पूजा शर्माले नेपालमा १४ वटा जिल्ला र ७२ वटा प्रदेश छन् भनेपछि सामाजिक सञ्जालमा उनको विरोध भएको छ । उनको मात्र होइन, नेपाली कलाकारको ज्ञानको दायरामाथि पनि प्रश्न उठाइएको छ । हुन पनि नेपालमा कति जिल्ला छन् भन्ने समेत थाहा नहुनु भनेको निकै नै लाजलाग्दो कुरा हो । त्यसो त पूजा यस्तै कारणले बेलाबेलामा विवादमा आइरहन्छिन् । एक कलाकारले आफूलाई देशको गहना भनेर चिनाउन खोज्ने तर निकै साना कुराबारे पनि थाहा नहुनुले देशका गहनाहरुले भोलि अवसर पाउँदा के गर्न सक्छन् भन्ने प्रश्न पनि स्वभाविक रुपमा उठेको छ । भिडियो हेर्नुहोस

Related Articles

Back to top button