vada
News

सुशान्तको सम्मानमा बिहारको बाटोको नाम नै सुशान्त सिंह राजपुत राखियो …

सुशान्त सिंह राजपुतको निधनले धेरैलाई दुखी बनाएको छ ।
३४ वर्षीय अभिनेता बलिउडमा चम्किरहेका थिए ।उनलाई माया गर्नेहरुको संख्या पनि उल्लेख्य रुपमा बढिरहेको थियो ।

उनको निधन पछि बलिउडमा तहल्का नै मच्चिएको छ ।बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

सुशान्तको सम्झनामा बिहारमा रहेको उनको घरमा फ्यानहरु भेला हुने गरेका छन् ।लाईभ हिन्दुस्तानका अनुशार बिहारकी मेयर साबित्री देबीले सुशान्तको स्मृतिमा बाटो निर्माण गरेको बताएकी छिन् ।
बिहारको पुर्णीयामा रहेको सडकखण्डको नाम सुशान्त सिंह राजपुत राखिएको हो ।

मधुबानी देखि माता चोक पुग्ने सडकखण्डलाई उनको नामाकरण गरिएको हो ।उनको नाममा सडक बनाएको भिडियो भाइरल बनिरहेको छ भने उनका फ्यानहरुको खुशीको सिमा नै छैन ।

सुशान्तले आफ्ना फ्यानहरुलाई चकित पार्दै जुन १४ मा आफ्नो प्राण त्यागेका थिए ।उनको निधनले बलिउडमा तहल्का नै मच्चाएको छ ।

बलिउडमा नेपोटिजम देखि लिएर उनलाई आफ्नै प्राण त्याग गर्न बाध्य पारियो भन्ने अभिव्यत्तिले सामाजिक संजाल नै तातेको छ ।

उनको निधनको वास्तविकता पत्ता लगाउन प्रहरीले उनका निकट साथीहरुसँग सोधपुछ गरिरहेको छ ।

Related Articles

Back to top button