vada
News

भुवनको एउटा ‘स्टाटस’ले निम्त्याएको विवाद,एक निर्देशक युवराज लामाले भुवनको समर्थनमा भने ‘हिरोइन भएर यति त सहनुपर्छ'(भिडियो हेर्नुहोस)

अभिनेता भुवन केसीको समय राम्रै चलिरहेको थियो । लकडाउनका कारण फुर्सदिला बनेका उनी फिल्मकै कारण चर्चामा आउने गर्थे ।उनले फिल्म ‘एन्टीहिरो’ मा खलनायकको चरित्र निभाउने चर्चा थियो । फिल्ममा भुवनका छोरा अनमोल केसीको पनि शीर्ष भूमिका रहने चर्चा थियो । राजधानीमा कतै भेटिँदा उनी यही फिल्मका कामले भेटिन्थे । लकडाउनले भने उनलाई घरमै सीमित बनाएको थियो ।चर्चा सेलाएका बेला भुवन एकाएक मिडियामा छाइरहेका छन् ।नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले तीन फिल्ममा काम गर्दा नराम्रो व्यवहारको शिकार भएको बताएकी थिइन् । उनले फिल्म ‘ड्रिम्स’ को नाम त लिएकी थिइनन् ।

तर, भुवनले ती ३ फिल्ममा आफ्नो फिल्म पनि परेको ठानेर अभिव्यक्ति दिए ।भुवनले सामाजिक सञ्जालमार्फत नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘जुन थालमा खायो त्यही थालमा दुलो पारेको’ टिप्पणी गरे । सामाजिक सञ्जालमा रोइलो गरेको पनि उनले लेखे । साम्राज्ञीले नाम नभनी संकेत गरेका ३ फिल्म थिए – ड्रिम्स, ए मेरो हजुर २ र इन्टुमिन्टु लण्डनमा ।साम्राज्ञीले सामाजिक सञ्जालमार्फत ती मेकरसँग पुन काम नगर्ने पनि बताएकी थिइन् । फिल्ममा काम गर्दा मेकरले दुर्व्यवहार गरेको पनि उनले बताएकी थिइन् । अरु फिल्मका मेकरले साम्राज्ञीको भनाइमा कुनै अभिव्यक्ति दिएनन् । तर, भुवनले भने साम्राज्ञीलाई कटाक्ष गर्दै स्टाटस लेखे । भिडियो हेर्नुहोस

Related Articles

Back to top button