vada
News

पहिलो पटक प्रहरी निरीक्षकमा पनि देखियो कोरोना संक्रमण, यी स्थान का हुन् ति प्रहरी निरीक्षक !!

बालाजु वृत्तका कार्यरत एक प्रहरीमा कोरोना देखिएको छ । वृत्त बालाजुमा अपराध अनुसन्धान तथा कारवाही शाखाका कार्यरत प्रहरी निरीक्षकसहित ५६ जनाको असार २४ गते नेपाल प्रहरी अस्पताल महाराजगंजमा पिसिआर परीक्षण गरिएको थियो ।

५६ जनाको परीक्षण गर्दा मुद्धा शाखाका एक प्रहरी निरीक्षकको रिपोर्ट असार २६ गते पोजिटिभ आएको प्रहरी जनाएको छ । उनी हाल एपीफ हस्पिटल बलम्बुको आइसोलेसनमा रहेका छन् । स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

५४ वर्षिय प्रहरी निरीक्षकको स्थायी घर गोरखा जिल्ला भिमसेन थापा गाउँपालिका वडा नं. ८ घर भई हाल काठमाडौंं जिल्ला, टोखा नगरपालिका वडा नं. ११ का निवासी हुन । उनको हालको दरबन्दी महानगरीय प्रहरी वृत्त वालाजुमा रहेको छ ।

नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा असार २४ गते ५६ जनाको पीसीआर परीक्षण गरिएकोमा उनको मात्र पोजेटिभ आएको काठमाडौँ परिसरले जनाएको छ ।

Related Articles

Back to top button