vada
News

सरकारले यातायात व्यावसायीलाई बचाउनु पर्छ : गगन थापा

२७ असार, काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले यातायात व्यावसायीलाई बाँच्न सक्ने गरी समाधान खोज्नुपर्नेमा जोड दिएका छन् । उनले सार्वजनिक यातायात सञ्चालनबारे सरकारले सरोकारवालासँग छलफल गर्नु पर्ने बताएका छन् । थापाले शनिबार प्रधानमन्त्रीलाई मेन्सन गरेर टि्वटरमा लेखेका छन्,

‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका संचालक र मजदुर, स्वास्थ्यविज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यावसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्नसक्ने, उपभोत्ता मा’रमा नपर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जो’खिम सकेसम्म कम गर्ने समाधान खोज्नुस् । यातायात व्यावसायीहरूले आफ्नो माग पुरा नभएसम्म यातायात क्षेत्र ठप्प राख्ने चे’तावनी दिइरहेका बेला थापाले यस्तो धारणा राखेका हुन ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघले शुक्रबार आफ्ना मागहरू पुरा नभएसम्म सार्वजनिक सवारी नचलाउने निर्णय गरेको छ । २३ असारमा बसेको मन्त्रिपरिषद् बैठकले जिल्ला भित्र सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यावसायीहरूले यस्तो निर्णय गरेका हुन ।

Related Articles

Back to top button