vada
News

पाटन अस्पतालमा कोरोनाबाट एक जनाको मृत्यु

काठमाडौं – कोरोनाभाइरसका कारण सिन्धुपाल्चोकमा थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङपालधाप गाउँपालिकाका एक ४५ वर्षीया पुरुष रहेका छन् । बिरामी भएर पाटन अस्पतालमा उपचारका लागि गएको उनको मृत्यु भएको जनाइएको छ ।

स्वास्थ्‍य विज्ञान प्रतिष्ठानका निर्देशक डा विष्णुप्रसाद शर्माका अनुसार शुक्रबार मिर्गौलासम्बन्धी रोगको उपचारका क्रममा उनको मृत्यु भएको हो । यससँगै सिन्धुपाल्चोकमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ ।

उक्त पुरुषको कोरोनाबाट मृत्यु भएकोबाटरे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाकीँ रहेको छ । सिन्धुपाल्चोकमा शनिबार थप ५ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

भारतबाट आएर क्वारेन्टिनमा बसेका एक जनाको मृत्यु

तनहुँको भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टिनमा बसेका एक वृद्धको आज मृत्यु भएको छ । मृत्यु हुनेमा भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठ रहेका छन् । भारतबाट आएर पाँच दिन पहिला क्वारेन्टिनमा बसेका उनको बिरामी भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिनुभयो ।

मृतकको शव गण्डकी अस्पतालमा राखिएको र स्वाब सङ्कलन गरी कोरोना परीक्षणको तयारी भइरहेको छ । मृतक श्रेष्ठ सुगर, प्रेसर र प्यारालाइसिसको बिरामी रहेको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिनुभयो । रासस

Related Articles

Back to top button