vada
News

सिन्धुपाल्चोकको जम्बु बजार पुगेर मुकुन्देले राहात वितरण गरे

मुकुन्द घिमिरे उर्फ मुकुन्देले समाजसेवामा समेत हात अघि बढाएका छन् । शुकबारमात्रै बाढी प्रभावित क्षेत्र सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु बजार पुगेर आफ्नो अगुवाइमा बाढी पिडितहरुलाई सहयोग वितरण गरेका छन् ।

स्वदेश तथा विदेशमा रहेका समाजसेवीहरुले सिन्धुपाल्चोकको बाह्रबिसे बाढी पिडितलाई आर्थिक सहयोग रकम पठाएका र त्यो सहयोग हस्तान्तरणमा मुकुन्देले सहयोग गरेका छन् । हेम माया फाउण्डेसनका संस्थापक हेम र माया थापा, इजराएलमा बस्दै आउनुभएका समाजसेवी पवित्रा गौतम, झकिन्द्र खतिवडा र साउदी अरबबाट लाललप्रसाद फुयालले पठाएको ७५ हजार रुपैयाँ सहयोग गरिएको हो ।
पिडितलाई केही राहत पुगोस भन्ने उदेश्यले साामाजिक अभियान्ता मुकुन्देको संयोजनमा बाढी प्रभावित क्षेत्र बाह्रबिसेको जम्बुमा आर्थिक रकम हस्तान्तरण गरिएको हो ।उक्त कार्यका लागि नेपाल शाकाहारी पार्टीका संयोजक राधे खड्काले सहयोगी भुमिका निर्वाह गरेका थिए ।

बुधबार राति भोटेकोसीमा बाढी आएसँगै सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका(५ गाती जम्बुमा एल्मो ठाडो खोला बस्ती पस्दा १५ घर बगाएको थियो । बाढीले बस्तीका १५ भन्दा बढि ब्यक्तिहरु बेपत्ता बनाएकोमा दुई जनाको शव फेला परेको छ ।बेपत्ताहरुको खोजि कार्य अझै जारी छ । बाढिले बस्ती तथा खाद्यान्न बगाउँनुका साथै मानिस बेपत्ता पारेपछि स्थानिय यतिबेला शोकमा छन् । उसो त मुकुन्दे बेलाबखत समाजसेवाका लागि विभिन्न स्थानमा पुग्दैँ आएका छन् । पछिल्लो समय बाह्रबिसे लगायत देशभर बाढी पहिरोेले वितण्डा मच्चाईरहेको छ ।

Related Articles

Back to top button