vada
News

रौतहटमा प्रहरीले चलायो १२ राउण्ड गोली

रौतहटमा प्रहरीले चलायो १२ राउण्ड गोली

काठमाडौं । बिहीवार राती रौतहटमा प्रहरीले गोली चलाएको छ । रौतहटको राजपुरमा प्रहरीले १२ राउण्ड गोली चलाएको हो ।

रौतहट प्रहरीका अनुसार रौतहट क्षेत्र नम्बर(२ का सांसद तथा पूर्वमन्त्री मोहम्मद आफताव आलमका भाइ मेहेताब आलम सहितका ३ जना पक्राउ गर्न गएको प्रहरी माथि स्थानियले अवरोध सिर्जना गरेपछि प्रहरीले गोली चलाएको श्रोतले बताएको छ ।

‘२०६४ मा भएको राजपुर बम विस्फोटनका अभियुक्तहरु आएको सूचनाका आधारमा प्रहरी राजपुर पुगेको प्रहरीको टोलिमाथि स्थानीयले अवरोध गरेपछि गोली चलाउन बाध्य भएको प्रहरीले बताएको छ ।

आलम माथि २७ चैत २०६४ मा राजपुरमा भएको बम विस्फोटको घटनामा संलग्न अभियोग लागेको छ ।

सोही घटनामा उनका दाई सांसद अफ्ताब आलमलाई २६ असोजमा पक्राउ परेका थियो।

Related Articles

Back to top button