vada
News

‘काठमाडौंमा स’ङ्क्रमण भुसमा आ’गो हुन सक्छ; वृद्धहरूलाई जोगाउनै गा’ह्रो’

बीबीसी। लकडाउन खुकुलो पारिएसँगै काठमाण्डूमा ह्वा’त्तै जो’खिम बढेको बताइएका बेला काठमाण्डूमा मात्रै थप २५ हजार पीसीआर परीक्षण गर्न सुरु गरेको अधिकारीहरूले जनाएका छन्। काठमाण्डू जस्ता सहरमा सङ्क्रमण समुदायमा फैलिन सुरु भए त्यो ‘भुसमा आ’गो’जस्तो हुन सक्ने हुँदा परीक्षणको दायरा बढाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ।
भिडियो हेर्नुहोस

काठमाण्डूमा स’ङ्क्रमण पुष्टि हुने सङ्ख्या बढिरहेको अवस्थामा शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिभिजन मार्फत गरेको सम्बोधनका क्रममा सबैमा थप ग’म्भीरता, अनुशासन र सचेतना आवश्यक रहेको बताएका थिए। सम्बोधनका क्रममा ओलीले गत असार ९ गते देखि २४ गतेका बीच मात्रै उपत्यकामा स’ङ्क्रमितहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको उल्लेख गरेका थिए।

असार ९ गते काठमाण्डू उपत्यकामा ६३ जना स’ङ्क्रमित रहेकोमा २४ गते उक्त सङ्ख्या २३३ पुगेको थियो। “यसले सङ्केत गरिरहेको छ, राजधानी उपत्यकामा यो म’हामारी क्रमशः तर तीव्र रूपमा बढ्दै जाँदै छ,” उनले भने। “यो स’ङ्क्र’मण समुदायमा फैलिन गए भया’वह अवस्था सिर्जना समेत हुनसक्छ।”

वृद्ध र दी’र्घरोगीलाई ‘जोगाउन गा’ह्रो’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भिडभाड बढी हुने स्थानमा कोभिड-१९ सङ्क्रमण फैलिन सक्ने जो’खिम उच्च रहने हुँदा काठमाण्डूमा थप सतर्कता अपनाउन आवश्यक छ। “देशको कुल जनसङ्ख्याको ६ भागमा एक भाग काठमाण्डूमा बस्छ। यहाँ आर्थिक गतिविधि बढी हुने हुँदा जो’खिम उच्च छ,” उनले भने।

“त्यसकै कारण हामीले मुलुकका मुख्य मुख्य सहरहरूमा ४५ हजार पीसीआर परीक्षण गर्ने गरी काम अघि बढाएका छौँ। त्यसमध्ये २५ हजार काठमाण्डूमा गरिने छ।” काठमाण्डूमा वृद्ध र दी’र्घरोगीहरूको सङ्ख्या पनि तुलनात्मक रूपमा धेरै रहेकाले कारण सङ्क्रमण फैलिएको खण्डमा उनीहरूलाई अत्यन्त जो’खिममा पर्ने उनी बताउँछन्।

Related Articles

Back to top button