vada
News

सुशान्तको निधनपछि खुल्न थाले नेपाली कलाकार : ज्योति मगरले भनिन् ७ वर्ष देखि राम्रोसँग सुतेको छैन केटीएम दैनिक

ज्योती मगर नेपाली चलचित्र क्षेत्रको गायिका तथा मोडल हुन्। उनको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो । उनी विसं २०६३ बाट सांगीतिक क्षेत्रमा प्रवेश गरेकी थिइन् । ज्योती मगरको जन्म रोल्पा जिल्लाको नुवागाउँ गाविसमा भएको थियो, पछी उनी सानै हुँदा उनको परिवार दाङमा बसाई सर्यो । उनको परिवारमा बुवाआमा लगायत एक जना भाइ एक जना बहिनी छन् । उनले दाङबाट एसएलसी पास गरिन र प्रविणता प्रमाणपत्र तह सुरु गरिन तर पढाई बिचमा नै छाडेर उनी सांगीतिक क्षेत्र तिर लागिन । प्रारम्भमा डान्सरको रूपमा करियरको सुरुवात गरेकी ज्योतीले काठमाडौं आएपछि केही वर्ष रंगमञ्च तथा रेडियो नाटकहरूमा अभिनय गरिन् ।

विसं २०६३ मा उनले पहिलो गिती एल्बम रेकर्ड गरिन तर उक्त एल्बम मञ्चन नै भएन । उनको दोस्रो र तेस्रो गिती एल्बम माया सँग र उही मुलाको सिन्की उही मुलाको चाना बजारमा आए पछि उनी चर्चामा आइन् । उनी अझैं चर्चामा आउनुको कारण उनको ‘ढाडे बिबिरालो’नामक गीत रहेको छ जसमा उनले एकदमै अश्लीलता झल्किने खालको अभिनय गरेकी छिन् । त्यस यता पनि उनका थुप्रै अश्लीलताले भरिपूर्ण म्यूजिक भिडियोहरू बजारमा आईरहेका छन् र खुबै चर्चा पनि पाईरहेका छन् ।तर सकारात्मक चर्चा भने कमाउन सकेका छैनन् तर पनि उनले त्यसलाई नै सफलता ठान्दै अघि बढीरहेको पाईन्छ ।

ज्योति मगरको पीडा

गायिका ज्योती मगरले आफू विगत ५, ७ वर्षयता राम्रोसँग सुत्न नसकेको बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस पोष्ट गर्दै आफ्नो समस्या राखेकी हुन् । बलिउड कलाकार सुशान्त सिंह राजपूतको आत्मह-त्यापछि नेपाली कलाकारहरुले पनि सामाजिक सञ्जालमार्फत आफ्ना समस्याहरु राख्न थालेका छन् ।सोही क्रममा ज्योतीले सुत्न नसकेको समस्या राखेकी हुन् ।

हेरौं उनको स्टाटस जस्ताको त्यस्तै

5/7 बर्ष भयो होला म राम्रो संग सुतेको छैन…
अस्ति मात्र भारत का एक कुशल अभिनेता सुशान्त सिङ्ग राजपुत को आत्मह-त्या पश्चात बिभिन्न सामाजिक संजाल मा धेरै ले भन्नु भयो “if you have a problem plz talk to me, im with you”… मलाई पनी धेरै कुरा भन्नु मन छ कती धेरै समस्या हरु छन् जो समाधान भैरहेका छैनन्…तर म भन्न सकिराको छैन कतै मेरो समस्या “सिल्पा पोख्रेल” को कान को जाली जस्तै facbook मा रै-ला गर्ने बाटो मात्रै बन्यो भने??? कतै समस्या समाधान हुनुको सातो झन् ठुलो समस्या हरु आय भने??? सायद मैले मेरो निद्रा संग अझै धेरै सम्झौता गर्नु पर्छ होला….प्यारा प्यारा दिदि बहिनि हरु तपाई हरु पनी म जस्तै निद्रा संग सम्झौता गर्नु भयको छ भने आउनुहोस मेरो inbox मा केही दुख सुख को कुरा गरौ भन्न नसकेका कुरा हरु एक अर्का संग साटेर बेस्सरी आशु झारौ…

Related Articles

Back to top button