vada
News

आज घट्यो सुन

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ थोरै घटेको छ । शुक्रबार तोलामा २ सय रुपैयाँ घटेको सुन आज थप एक सय रुपैयाँ घटेको हो। आज छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, आज तेजावी सुन प्रतितोला ९२ हजार ६६० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजावी सुन प्रतितोला ९१ हजार ७६० रुपैयाँमा कारोबार भएको थियो। सुनको भाउ बढेपनि आज चाँदीको भाउ स्थिर छ । आज चाँदी प्रतितोला ९८० रुपैयाँमा कारोबार भइरहेको छ ।

Related Articles

Back to top button