vada
News

अमिताभको जल्सा हाउस सिल गरेर सेनिटाइज गरिदै

बलिउड अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको छ।
बिबिसीका अनुसार उनलाई शनिबार राति मुम्बईको नानावती अस्पतालमा भर्ना गरिएको छ।

उनले भनेका छन्, ‘मेरो कोभिड-१९ परीक्षण पोजेटिभ आएको छ। म अस्पताल भर्ना भएको छु। परिवारका बाँकी सदस्यको र कर्मचारीहरूको पनि कोरोना परीक्षण भएको छ। उनीहरूको नतिजा आउन बाँकी छ।’

Maharashtra: Brihanmumbai Municipal Corporation officials put a banner outside ‘Jalsa’, the residence of actor Amitabh Bachchan in Mumbai, to define it as a containment zone.

Actor Amitabh Bachchan & son Abhishek Bachchan tested #COVID19 positive & both admitted to a hospital. pic.twitter.com/2xHxsmbjwQ

— ANI (@ANI) July 12, 2020

‘कोरोना पोजेटिभ भएर बच्चन राती १० बजे अस्पताल भर्ना भएका हुन्। उनको अवस्था सामान्य छ। उनको विस्तृत स्वास्थ्य अवस्था पत्ता लगाउन आवश्यक परीक्षण जारी छन्,’ भारतीय समाचार माध्यम द हिन्दूसँग कुराकानी गर्दै ती डाक्टरले भनेका छन्। गत महिना मात्र अमेजन प्राइम भिडियोमा रिलिज भएको गुलाबो सिताबोमा ७७ वर्षीय बच्चनसमेतको अभिनय छ। उनको रोल भएको यो पछिल्लो सिनेमा हो। उनका छोरा अभिषेक बच्चनलाइ पनि कोरोना पोजेटिभ भएको बताइएको छ। सम्पर्कमा आएको हुनुहुन्छ, उहाँहरूले आफ्नो कोरोना भाइरस परीक्षण गराउनुहोला।’

उनीहरुलाई कोरोना पोजेटिभ भएपछि अमिताभको घर जल्सा सिल गरिएको छ भने त्यहाँ अहिले सेनिटाइज गर्ने काम भइरहेको छ ।

Related Articles

Back to top button