vada
News

कहाँबाट आएका थिए चितवनका दुई कोरोना संक्रमित वृद्ध दम्पती ?

काठमाडौं । चितवनमा आज थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर महानगरपालिका वडा नगरपालिका ६ केशरवागका दुई वृद्ध दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै चितवनमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । उनीहरु भारत गई क्यान्सरको उपचार गराएर जेठ १ गते नेपाल फर्किएका थिए ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार भरतपुर अस्पताल चितवनमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र संक्रमितहरु भरतपुर अस्पतालमा चिकित्सकको निगरानीमा रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

आज ३० जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या ४८७ पुगेको छ भने ४९ जना उपचार पछि निको भएका छन् । त्यस्तै ३ जनाको मृत्यु भईसकेको छ ।

Image may contain: text

Related Articles

Back to top button