vada
News

सिंहदरबारका डिएसपीलाई मु’क्का हा’न्ने चार चिनियाँ ५/५ हजार ध’रौटीमा छुटे

आफ्नो देश फर्कन पाउनुपर्ने माग गर्दै सिंहदरवारअगाडि प्र’दर्शन गर्ने क्रममा प्रहरीमाथि हा’तपा’त गरेका चार चिनियाँ नागरिक पाँच/पाँच हजार ध’रौटी बुझाएर छु”टेका छन्। बुधबार उनीहरू चारै जनाले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पाँच–पाँच हजार बुझाएर छु’टेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए। ‘हिजो चारै जनाले पाँच–पाँच हजार बुझाएर ध’रौटीमा छु’टेका हुन्,’ उनले भने। उनीहरू वि’रूद्ध अ’भद्र व्यवहारको मु’द्दा महानगरीय प्रहरी वृत्त, सिंहदरबारले अघि बढाएको थियो।

वैशाख २६ गते ४७ चिनियाँ नागरिकले सिंहदरबार अगाडि नि’षेधित क्षेत्रमा प्र’दर्शन गरेका थिए। नि’यन्त्रणमा लिने क्रममा प्रहरी र चिनियाँ नागरिकबीच झ’डप भएको थियो। प्रहरीले सोही दिन ४३ जनालाई छाडेको थियो भने प्रहरीको बर्दी समात्ने तथा हा’तपा’त गर्ने चार जना वि’रूद्ध मु’द्दा चलाएको थियो। झ’डप हुँदा सिंहदरबारका डिएसपी हरि बस्नेतको टाउकोमा चो’ट समेत लागेको थियो।

कानुनमा के छ ?
मुलुकी अ’पराध संहित को दफा ११८ मा अ’भ्रद व्यवहारलाई यसरी परिभाषित गरिएको छ । कसैले सार्वजनिक स्थान वा प्रवेश गर्न का’नूनी अधिकार नएको ठाउँमा प्रवेश गरी कसैलाई अ’भद्र व्यव’हार गर्न वा सार्वजनिक स्थान महिला बालबालिका वा शारीरिक रुपमा अ’शक्त व्यक्तिलाई हा’तपा’त वा हैरान गर्न वा त्यसको उद्योग गर्न हुँदैन ।

यस्तो गर्ने वा गराउने व्यक्तिलाई एक वर्षसम्म कै’दा वा दश हजार रुपै‌यासम्म ज’रिबाना वा दुवै स’जाय हुने का’नुनी व्यवस्था ।

यस्तै प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Related Articles

Back to top button