vada
News

यी ‘भाग्यमानी’ दुलाहा : जसले एउटै मण्डपमा दुईजना युवतीसँग विवाह गरे !

एजेन्सी । सामान्यतः कुनै एक पुरुषले दुईवटा महिलासँग विवाह गर्नु ‘बहुविवाह’ मानिन्छ ।

पहिलो श्रीमतीसँग कानूनी रुपमा सम्बन्ध विच्छेद नगरी दोस्रो विवाह गरेमा कानूनी कारबाही हुने व्यवस्था पनि छ ।

तर, भारतको मध्यप्रदेशमा भने एक युवकले एउटै मण्डमा दुईजना युवतीसँग लगनगाँठो कसेका छन् । मध्यप्रदेशको बैतुलका सन्दीप उइकेले ८ जुलाईमा एउटै मण्डपमा २ जना युवतीसँग विवाह गरेका हुन् । घोडाडोंगरी ब्लकको केरिया गाउँमा भएको विवाहमा दुवै युवतीका परिवार र युवकका परिवार पनि सरिक थिए ।

युवकले आफ्नी प्रेमिका र आमा–बुवाले खोजीकी युवतीसँग विवाह गरेका हुन् । युवक आफ्नी प्रेमिकासँग विवाह गर्ने जिद्दिमा थिए भने उनका अभिभावकले आफूहरुले रोजेकी युवतीसँग विवाह गर्नु पर्ने अड्डी कसेका थिए ।
विवाहसँग सम्बन्धित विवाद परिवारमा मिल्न नसकेपछि पञ्चायतमा पुगेको थियो । स्थानीय पञ्चायतमा भएको छलफलपछि दुवै जना युवतीहरुको सहमतिमा विवाह गरिएको हो । दुवै जना युवती युवकसँग विवाह गर्न राजी भएपछि पञ्चायतले पनि विवाहका लागि मञ्जुरी दिएको हो ।

Related Articles

Back to top button