vada
News

साढे ३ महिनापछि सडकमा देखिन थाले सार्वजनिक बस

कोरोना महामारीको कारण बिश्व नै आक्रान्त बनेको छ । नेपाल सरकारले पनि चैत ११ गते देखि लकडाउन शुरु गर्यो ।

असार १ गतेबाट “लकडाउन टु लुजडाउन” शुरु भएपनि सार्वजनिक यातायाहरु भने खुलेका थिएन्न ।

सरकारले असार २५ गतेबाट सावधानी अपनाएर सार्वजनिक यातायातहरु संचालन गर्न अनुमति दिएपनि काठमाडौंमा भने संचालनमा आएका छैन्न ।

रूपन्देहीमा सार्वजनिक गाडी सञ्चालनमा आएका छन् ।

कोरोना महामारीले चार महिनादेखिको लकडाउनले ठप्प भएको ‘पब्लिक ट्रान्सपोर्ट’ आइतबारदेखि सञ्चालनमा आएको हो ।

लुम्बिनी मेट्रोसिटी प्रालिले आफ्ना वातावरण अनुकूलित (एसी) बस बुटवल–भैरहवा रूटमा सञ्चालनमा ल्याएको छ ।

प्रालिका अध्यक्ष धनबहादुर अधिकारीले गृह मन्त्रालयले छोटो दुरीका यातायात सञ्चालन गर्न अनुमति दिएपछि प्रालिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग समन्वय गरी सञ्चालनमा ल्याएको बताए ।

अध्यक्ष अधिकारीले भने, ‘सरकारको निर्देशन बमोजिम सुरक्षा अपनाएर हामीले गाडी सञ्चालनमा ल्याएका छौं ।’ समिति मातहतमा ८ वटा एसी बस छन् । ती गाडी एकरएक घण्टामा छुट्नेछन् ।

बुटवल बर्दघाट रुटमा पनि गाडी सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । अब यात्रुले बुटवल भैरहवाको भाडा ९० रुपैयाँ तिर्नुपर्नेछ । सामान्य अवस्थामा यो रुटमा भाडादर ६० रुपैयाँ थियो ।

यात्रुलाई बसमा चढाउनु अगाडि स्यानिटाइजर र थर्मल गनले ज्वरो जाँच गर्ने, बसभित्र भौतिक दुरी कायम गरिने, सह–चालकलाई पीपीई लगाएर मात्र काम गर्न लगाउने, यात्रुलाई मास्कको अनिवार्य व्यवस्था लगायतका सुरक्षा प्रवन्ध मिलाएर बस सञ्चालनका ल्याएको गाडी धनी प्रकाश पुनले बताए ।

कोरोनाका त्रासका बीच गाडी सञ्चालनमा ल्याएको हुन सक्ने भएकोले र त्यसबाट जोखिम हुने डरले यात्रुहरूको संख्या न्यून रहेको पुनले बताए ।

Related Articles

Back to top button