vada
News

हरेक रात सँगै भाँडा माझेर सुत्छन् विश्वकै धनि बिल गेट्स दम्पत्ती

एजेन्सी । विश्वकै प्रतिष्ठित कम्पनी माइक्रोसफ्टका मालिक तथा विश्वकै धनि व्यक्ति मध्येका एक हुन् बिल गेट्स । उनको ब्यापारको बारेमा त हामीले थुपै खबरहरु सुन्दै आइरहेका छौं । तर, आज हामी उनको निजी जीवनको बारेमा चर्चा गर्दैछौं ।मेलिन्डा गेट्स बिल गेट्सकी पत्नी हुन् । उनीहरुले बिहे गरेको पनि २५ वर्ष भइसकेको छ । यि दम्पत्ती विगत २५ वर्षदेखि हरेक राति भाँडा माझ्दै आइरहेका छन् ।

धेरैले सोच्छन् धनि व्यक्तिहरुको जीवनल निकै तामझामका साथ बित्छ । उनीहरुले केही काम गर्दैनन् । घरमा काम गर्नेहरु प्रशस्तै हुन्छन् । प्रशस्तै आराम मिल्छ भन्नेहरुको लागि यो जोडी यस्तो उदाहरण बनेको छ । जसले आम मानिसले झै साधरण जीवन बिताएका छन् । उनीहरु प्रायः आफ्नो खाना आफै बनाउँछन् अनि सँगै भाँडा माझ्छन् ।

मेलिन्डा पति पत्नीको काम बाँडफाँड गरेर गर्नुपर्ने कुरामा विश्वास गर्छिन् । यसले परिवारमा खुसी छाउने उनको भनाई छ । सन् १९८७ मा मेलिन्डा बिल गेट्सकै कम्पनी माइक्रोसफ्टमा काम गर्दा उनीहरुको भेट भएको थियो । काम गर्दा गर्दै नजिक भएका उनीहरुले सन् १९९४ मा बिहे गरेका थिए

‘मायाको नाकाबन्दी नामक गीतिसङ्ग्रह’ विमोचन
गीतकार रत्नशम्शेर थापाले वरिष्ठ महिला गीतकार आचार्य प्रभाको ‘मायाको नाकाबन्दी नामक गीतिसङ्ग्रह’को आज विमोचन गर्नुभएको छ ।

सो गीतिसङ्ग्रहमा मानवीय समवेदना तथा जीवनपद्धतिसँग जोडिएका ८४ गीत रहेका छन् ।

सो अवसरमा गीतकार थापाले गीतको रचना गर्नु कविता लेखनभन्दा निकै जटिल रहेको उल्लेख गर्दै स्रोतालाई केन्द्रित गरेर गीत रचनाको लेखनबाट मात्र स्रष्टा सफल हुने बताउनुभयो ।

“प्रभाको गीति लेखनमा विविधता र रङ्ग छ, यो साहित्यको एक अभिन्न अङ्ग हो”, उहाँले भन्नुभयो ।

प्राज्ञ माया ठकुरीले मुलुक साङ्गीतिक पथमा लम्किरहेको र महिलाको पनि सहभागिता बढदै गएको बताउनुभयो ।

समीक्षक प्रकाश सायमीले नेपालमा पनि म्युजिकको ट्र्याकमा गीत लेख्न थालेको बताउँदै यसअघि भारतमा मात्र म्युजिकको ट्र्याकमा गीत लेख्ने चलन थियो भन्नुभयो ।

गीतकार सङ्घ नेपालका अध्यक्ष चुदामणि देवकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार दिनेश अधिकारी, राजेन्द्र थापालगायतले गीत लेख्नका विविध पक्षमाथि प्रकाश पार्नुभयो ।

Comments

Related Articles

Back to top button