vada
News

बलिउड कलाकार अनुपम खेरको परिवार पनि कोरोना संक्रमणको चपेटामा

२९ असार, एजेन्सी ।बलिउड अभिनेता अनुपम खेरको परिवारलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।उनकी आमा र परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको हो । अनुपमले ट्विट गर्दै आमा, भाइ, बाइ बुहारी र भतिजीलाई कोरोना संक्रमण भएको जानकारी गराएका हुन् । अनुपमले आमा दुलारी, भाइ राजु, बुहारी रिमा र भतिजी वृन्दाको कोभिड–१९ परीक्षणको रिपोर्ट पोजिटिभ देखिएको बताए

अनुपमले ट्वीटरमा लेखेका छन्, ‘मेरी आमा दुलारीलाई कोरोना संक्रमण भएको छ, मेरो भाइ, भाउजू र भतिजीलाई पनि उच्च सावधानमा रहँदा पनि उनीहरुमा हल्का लक्षण देखिएको छ ।

Related Articles

Back to top button