vada
News

जी न्युजसहित ४ वटाबाहेक अन्य भारतीय च्यानलमाथिको बन्देज फुकुवा

काठमाडौं, २९ असार । नेपालमा प्रसारण बन्द गरिएकाे भारतीय टिभी च्यानलहरूमाथिकाे बन्देज फुकुवा गरिएकाे छ । केवल अपरेटरहरूले ४ वटाबाहेक अन्य भारतीय च्यानलकाे प्रसारण खुलाएका हुन् ।

आइतबार केवल अपरेटरहरूको बैठकले भारतीय समाचार च्यानल जी-न्युज, आजतक, इन्डिया टिभी र एबिपीबाहेक अन्यकाे प्रसारण फुकुवा गरेका हुन् । तर उल्लिखित ४ न्यूज च्यानलकाे प्रसारण भने तत्काल खुला नहुने म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिएका छन् ।

भारतीय च्यानहरूले नेपालविरूद्ध लगातार अवाञ्छित सामग्री प्रसारण गर्न थालेपछि तिनकाे प्रसारणमाथि राेक लगाउन दबाव परेकाे थियाे । तर केही च्यानलको गलत प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त नहुने भन्दै अालाेचना समेत बढेपछि अन्य च्यानलहरूकाे प्रसारण खुला गरिएकाे शर्माले बताए ।

उनले भने, ‘हाम्रा सबै किसिमका ग्राहक हुनुहुन्छ । भारतका समाचार हेर्ने पनि हुनुहुन्छ । त्यसकारण हामीले केही च्यानलबाहेक अरूको प्रसारण खुला गरेका हौं ।’

नेपालमा प्रसारण बन्द भएपछि जी न्यूजले अाफूबाट गल्ती भएकाे भन्दै नेपालसँग माफी समेत मागिसकेकाे छ

Related Articles

Back to top button