vada
News

४० जिल्लामा कोरोना संक्रमण, १४ प्रतिशत कोरोनामुक्त, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म कोरोना संक्रमणको पुष्टि भएकाको आँकडाअनुसार करिब १४ प्रतिशत संक्रमित कोरोनामुक्त भइसकेका छन् । कोरोनामुक्त हुने संक्रमितको संख्या ७० पुगेको छ । शुक्रबार मात्रै बाँकेका २१ जना कोरोना संक्रमणबाट मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्।

कोरोना संक्रमणमुक्त हुनेमध्ये प्रदेश १ मा २६ जना, प्रदेश २ मा ६ जना  बागमतीमा जना ९,  गण्डकीमा २ जना,   प्रदेश ५ मा २२ जना र  सूदूर पश्चिम प्रदेशमा ५ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभएको छ।

४० जिल्लामा संक्रमण फैलिइसकेको छ।  कुल संक्रमितको संख्या ५०७ मध्ये प्रदेश ५ मा सबैभन्दा धेरै र कर्णाली प्रदेशमा सबैभन्दा थोरै रहेका छन् । मन्त्रालयका अनुसार प्रदेश नम्बर १ मा ८५, २ मा १५१,  बागमतीमा २८ , गण्डकीमा ५, प्रदेश ५ मा २२७, कर्णालीमा १ र प्रदेश ७ मा १० जनालाई कोभिड–१९ संक्रमणको पुष्टि भएको छ।

कोरोना संक्रमणको पुष्टि भएका ३ जनाको भने मृत्यु भएको छ। सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँकेका २५ वर्षीय र गुल्मीका ४१ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो ।

Related Articles

Back to top button