vada
News

दुनियाँकै मन जितेकी अभिनेत्रीको २६ बर्षकै उमेरमा मृत्यु

काठमाडौं । बलिउडमा एक पछि अर्को शोक थपिदै गएको छ । बलिउड कलाकार सुशान्तको निधन पछि उत्पन्न चर्चा र वहस सेलाउन सेलाउन नपाउँदै अर्की कलाकारको पनि निधन भएको छ । सन् २०२० बलिउड क्षेत्रका लागि नराम्रो सावित हुँदै गएको छ । ४० भन्दा बढी कलाकारले यो वर्ष सालेसंगै यो संसार छोडेका छन् । अभिनेत्री, मोडेल र गायिका दिव्य चौक्सेले पनि यो सांर छोडेक छन् । भारतीय संचार माध्यम दैनिक भास्करले जनाए अनुसार उनको आइतवार निधन भएको हो ।

भारतीय सञ्चार माध्यमले त्यसको पुष्टिका लागि दिव्याको बहिनीको भनाई राखेका छन् । दिव्याको वहिनीले सामाजिक सञ्जालमा घटनाको पुष्टि गर्दै जानकारी दिएकी छन् । बहिनी सौम्या अमीश वर्माले दिदीको निधनको खबर फेसवुक पेजमा सार्वजनिक गरेकी छन् ।

अभिनेत्री दिव्याले पनि निधन हुनुअघि फेसवुक मार्फत अन्तिम सन्देश सार्वजनिक गरेकी थिइन् । उनी क्यान्सरवाट पीडित थिइन् । दिव्याले आफ्नो अन्तिम सन्देशमा लेखिन्–‘जे म भन्न चाहान्छु त्यसका लागि शब्दहरू कम भइरहेको छ । धेरै कुरा भन्न चाहन्छु तर म संग समय निकै थोरए छ । जति भन्न सक्नु ति शब्द निकै थोरै जस्तो लाग्दैछ । म हराएको महिनौं भइसक्यो, त्यसैले तपाईहरुका लागि दिने सन्देश धेरै छन् । म यतिबेला जिवनको अन्तिम अवस्थामा छु । अस्पतालको शैयामा रहँदा पनि म आफुलाई निकै बलियो महशुष भने गरिरहेकी छु । त्यस्तो जीवनको लागि जहाँ कुनै संघर्ष हुँदैन । कृपया कुनै प्रश्न सोध्नुहोस् । तपाईं मेरो कत्तिको मतलब गर्नुहुन्छ ? केवल भगवानलाई थाहा छ ।’

सन् २०११ मा दिव्य मिस यूनिवर्सको प्रतिस्पर्धी बनेपछि उनको बलिउडमा प्रवेश सुरु भएको हो । उनले त्यसको ५ वर्ष पछि वलिउड प्रवेश गरिन् । सन् २०१६ मा, उनले फिल्म ‘अपना दिल तो आवारा’ फिल्मबाट बलिउड डेब्यू गरेकी थिइन । सन् २०१८ मा, दिव्याले ‘पटियाले दी क्वीन’ मा गीत गाउँदै गायीकाका रुपमा पनि आफुलाई स्थापित गराउँदै थिइन् । दिव्याको निधनको खबर सुनेर उनीसँगै काम गर्ने कलाकारहरूले श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

Related Articles

Back to top button