vada
News

पाकिस्तानबाट आउने यात्रुहरुलाई कतार एयरवेजले कोरोना परीक्षण अनिवार्य गरायो

एजेन्सी, २९ असार । कतार एयरवेजले पाकिस्तानबाट आएका यात्रुहरूलाई उडानको ७२ घण्टा अघि कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्न आग्रह गरेको छ ।यी नियमहरू सोमबारदेखि लागू हुने कतार एयरवेजका प्रवक्ताले ब्लूमबर्गलाई सूचित गरेका छन् । कतार एयरवेज हाल पाकिस्तानका इस्लामाबाद, कराची, लाहोर र पेशावरका चार शहरमा सञ्चालन भइरहेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार पाकिस्तानमा कोरोना भाइरस संक्रमितको संख्या दुई लाख ५१ हजार भन्दा बढी छन् । त्यस्तै ५ हजार २ सय ६६ संक्रमितको मृत्यु भइसकेको छ ।

जुन महिनामा दक्षिण कोरिया र हङकङमा आइपुगेका पाकिस्तानी यात्रीहरूमा कोरोना संक्रमण फेला परेको खबर पाएपछि इमिरेट्स एयरलाइन्सले पाकिस्तानबाट हुने उडानहरू रोकेको थियो। तर अब गल्फ न्यूजका अनुसार एयरलाइन्सले गत हप्ताबाट पाकिस्तानका तीन शहरहरूमा काम सुरु गरिसकेको छ।

Related Articles

Back to top button