vada
News

काठमाडौं उपत्यकामा थपिए ९ कोरोना संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९ जनामा कोरोना संक्रमति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौं उपत्यकामा ९ जनामा संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । जसमा काठमाडौंका ३, भक्तपुरका १ र ललितपुरका ५ जना रहेका छन् ।

योसँगै नेपालमा सोमबार १४४ जना कोरोना संक्रमित थपिएका छन्। हालसम्म नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १ हजार ७०५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १० हजार २९४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

Related Articles

Back to top button