vada
News

नेपाली फिल्म क्षेत्रमा काण्डै काण्ड

काठमाडौं – लकडाउनका बेला फिल्म क्षेत्र कसरी अझै राम्रो बनाउन सकिन्छ भनेर फिल्मकर्मी तथा कलाकारबीच बहस हुनेछ भन्नेमा धेरैले अनुमान गरेका थिए ।

नेपाली फिल्म राम्रा हुँदैनन् भनेर दर्शक तथा समीक्षकले भन्दै आएका छन् मेकरले फिल्मको स्तरीयतामा जोड दिने र कलाकारले आफ्नो अभिनयमा सुधार गर्नेछन् भन्ने धेरैलाई लागेको थियो ।

किनकि, लकडाउनका बेला दर्शकले झनै धेरै फिल्म हेरेका छन् । नेपाली मात्र होइन, दर्शकले विश्वभरका फिल्महरु हेरिरहेका छन्

अब नेपाली फिल्ममेकरलाई पनि थप स्तरीय फिल्म बनाउनुपर्ने दबाब बढेको छ । त्यसैले धेरैलाई लागेको थियो, यो लकडाउनका बेला फिल्ममाथि व्यापक बहस हुनेछ ।

तर, नेपाली सेलिब्रेटी भने फिल्मको सिर्जनात्मक बहसभन्दा वाहियात फण्डाका कारण चर्चामा आएका छन् । लकडाउनका बेला केही कलाकारलाई फण्डाले नै चर्चामा ल्याइदियो । त्यस्ता के फण्डा मच्चिए त

पूजा शर्माले भनिन् – ७२ प्रदेश १४ जिल्ला

कलाकार पूजा शर्माले एक अन्तर्वार्ताका क्रममा नेपालमा ७२ प्रदेश र १४ जिल्ला भएको बताइन् । यो अभिव्यक्तिका कारण लामो समय उनी ट्रोलको शिकार बनिन् ।

नेपालमा कति जिल्ला छन् भन्ने समेत थाहा नभएको भन्दै कतिपयले नेपाली कलाकारको जिम्मेवारीप्रति नै प्रश्न उठाए । नेपालमा कति प्रदेश छन् भन्ने पनि थाहा नपाएको भन्दै उनको चौतर्फी आलोचना भयो ।

निर्देशक सुदर्शन थापा र एकाध फिल्मकर्मीबाहेक उनको पक्षमा अरु कोही बोलेनन् । पूजाले पनि उक्त अभिव्यक्ति भाइरल भए पनि केही प्रतिक्रिया जनाइनन् ।

दीपाश्री निरौलाको महानायक प्रकरण

कलाकार तथा निर्देशक दीपाश्री निरौलाले एक अन्तर्वार्ताका क्रममा राजेश हमाललाई पत्रकार र प्राविधिक संघले महानायक बनाइदिएको टिप्पणी गरेपछि उनी विवादमा तानिइन् ।

‘महानायक’ काण्डले यति उग्र रुप लियो कि, दीपाश्री निरौलालाई यो अन्तर्वार्ताले ठूलो तनाव बेहोर्नुपर्‍यो । निरौलालाई महानायिका भनेर सामाजिक सञ्जालमा व्यङ्ग्य समेत गरियो । कतिपयले उनलाई तल्लो स्तरसम्म झरेर तुच्छ गालीसमेत गरे ।

Related Articles

Back to top button