vada
News

अति गरे खति हुन्छ, प्रधानमन्त्री ओलीलाई छाडा छोड्नु खतरनाक हुनेछ : बाबुराम भट्टराई

काठमाडाैं, ३० असार । समाजवादी जनता पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको वचन/कर्मले सीमा नाघेकाे बताउनुभएकाे छ । प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएपछि नेता भट्टराईले यस्ताे टिप्पणी गर्नु भएको हाे ।

भानुजयन्तीका अवसरमा सोमबार प्रधानमन्त्रीनिवासमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताउनुभएकाे थियाे उहाँले भगवान् रामको राज्य अयोध्या नेपालको वीरगन्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको बताउन भएकाे थियाे ।

डा. भट्टराईले प्रधानमन्त्री ओलीका बचन र कर्मले सीमा नाघेको बताउनु हुँदै अब उहाँलाई छाडा छोड्नु खतरनाक हुने बताउनुभएकाे छ । संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा प्रधानमन्त्रीका चिन्तनप्रणाली स्वस्थ नदेखिएको पनि नेता भट्टराईले बताउनु भएकाे छ ।

प्रधानमन्त्रीकाे उक्त अभिव्यक्तिपछि नेता भट्टराईले अब प्रधानमन्त्री ओलीलाई ‘छाडा छोड्नु’ खतरनाक हुने पनि बताउनु भएकाे छ । समाजिक सञ्जाल ट्वीटरमा नेता भट्टराई लेख्नु हुन्छ- ‘अति गरे खति हुन्छ भन्छन् !

प्रधानमन्त्री ओलीका

वचन/कर्मले सीमा नाघ्दैछन् ! संसदमा ‘सिंहमेव जयते’र बेसार-पुराणदेखि अयोध्या-पुराणसम्म आउँदा वहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न।संसद स्थगन गरेर अध्यादेश /संकटकालको‘खड्ग’समेत वहाँको हातमा छ ! अब वहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ ! उपचार खोजौं !’

Related Articles

Back to top button