vada
News

सांसद जीवनवहादुर शाहीलाई कोरोना पुष्टि

काठमाडौं । कर्णाली प्रदेशमा सांसदलाई कोरोना पुष्टि भनिएका सांसद जीवनवहादुर शाही भएको खुलेको छ । उनी नेपाली कांग्रेसका नेता तथा कर्णाली प्रदेश सभा सदस्य हुन् । उनको दुई दिन अघि गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएको हो । काँग्रेस नेता तथा कर्णाली प्रदेशसभा प्रतिपक्ष दल नेता जीवनबहादुर शाहीलाई कोरोना पुष्टि भएको संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले जानकारी दिए । सांसदलाई कोरोना पुष्टि भएपछि उनको सम्पर्कमा आएका अन्य नेता, सांसद र परिवारका सदस्यहरुको पनि कोरोना परिक्षण गर्ने तयारी गरिएको छ । उनको सम्पर्कमा आएका ब्यक्तिहरुका बारेमा जानकारी लिने प्रयास भएको डा तिवारीले बताएका छन् ।

संसदीय समितिका विभिन्न बैठकमा जाने आउने गरेका शाही संसद बैठकमा उपस्थित हुने गरेका थिए । शाहीमा कोरोना पष्टि भएपछि प्रदेशसभा सदस्य तथा सचिवालयमा त्रा’स छाएको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १६९० पुगेको छ भने तीमध्ये १४६२ जना डिस्चार्ज भइसकेका छन् ।

यो अर्को समाचार, कोभिड रोकथाम कोषका लागि सूर्य नेपालको रु एक करोड
गण्डकी प्रदेश सरकारले स्थापना गरेको कोरोना रोकथाम कोषका लागि सूर्य नेपाल प्रालिले रु एक करोड आर्थिक सहयोग गरेको छ । सूर्य नेपालका तर्फबाट वाणिज्य प्रमुख गौतम यादव र कारखाना व्यवस्थापक बाबुराम कार्कीले आज प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई उक्त रकमको चेक हस्तान्तरण गरेका छन् ।

सो अवसरमा मुख्यमन्त्री गुरुङले प्रदेशमा रहेको ठूलो प्रालिले कोभिड– १९ रोकथामका लागि दिएको सबैभन्दा ठूलो आर्थिक सहयोगले रोगविरुद्ध लड्ने दृढतामा बल पुगेको बताए । प्रमुख यादवले कोभिड–१९ को रोकथामका लागि सरकारको कोषमा रकम जम्मा गरेर सामाजिक उत्तरदायित्व वहन गरिएको स्पष्ट पारे ।

प्रदेश कोभिड रोकथाम कोषमा हालसम्म रु ३३ करोड तीन लाख १२ हजार ३९८ जम्मा र रु १८ करोड ५४ लाख ६६ हजार ५०० खर्च भएको प्रदेश सामाजिक विकास मन्त्रालयका लेखा प्रमुख दुर्योधन गिरीले जानकारी दिए । उनका अनुसार कोषमा हाल रु १४ करोड ४८ लाख ४५ हजार ८९८ मौज्दात छ ।

Related Articles

Back to top button