vada
News

‘मेरो लागि महानायक राजेश हमाल’ : पल शाह (भिडियो)

नायक पल शाहले नेपाली फिल्म वृत्तमा चलिरहेको महानायक विवादमा आफ्नो अभिव्यत्ती दिएका छन् । नेपाली फिल्म क्षेत्रका लागि राजेश हमाल भगवान नै रहेको उनको तर्क छ ।

पल शाहले मोडलिंग गरेको नयाँ म्युजिक भिडियो ‘मायालु तिमी कता छौं २’ साउन १ गते रिलिज हुँदैछ । सोही म्युजिक भिडियोको कुराकानीका क्रममा पलले नेपाली फिल्म क्षेत्रका पछिल्ला विवादास्पद गतिविधि बारे अभिव्यत्ती दिएका हुन् । ‘मायालु तिमी कता छौं’ को सफलता पश्चात सरोज ओलीले यसको सिक्वेल भिडियो बनाएका हुन् ।

‘मायालु तिमी कता छौं २’ मा पल शाहसँग स्वस्तिमा खड्काले स्क्रिन सेयर गरेकी छिन् । गीतमा स्वर राजनराज सिवाकोटी र स्मिता दाहालको छ । संगीत पनि सिवाकोटीकै हो ।भिडियो हेर्नुस् रमाइलो छ बाट :

Related Articles

Back to top button