vada
News

मन्त्री बन्ने भाकल पुरा भएपछि पूर्व माओवादी नेता तथा वाणिज्य मन्त्रीले लकडाउनको समयमा चढाए बोकाको ब’ली

अमरगढी । नेपाल कम्युनिष्ट पार्टीले धर्मलाई अ फि मको संज्ञा दिन्छ । धर्मका आधारमा राजनीति बन्देज छ । तर अहिले प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिब्यक्तिले विवादित बनेका छन् । उनका विरुद्धमा भारतका महन्तहरुले समेत आन्दोलनको चेतावनी दिएका छन् । यता अर्का नेताले भने ब’ली दिएको रहस्य खुलेको छ । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चार वटा कालो बोकाहरूको ब’लि दिएको रहस्य खुलेको हो ।

दैनिक नेपाल अनलाईनले सो दावी सहित समाचार प्रकाशन गरेको छ । मंगलबार मन्त्री भट्टले डडेल्धुरा जिल्लास्थित घटालबाबा देवतालाई चार वटा कालो बोकाहरूको ब’लि दिएको दावी सहित समाचार प्रकाशन भएको छ ।

अमरगढी नगरपालिकाको वडा नम्बर ७ मा रहेको घटालबाबाको मन्दिरमा बोकाको ब’लि दिएको स्रोतले जनाएको दैनिक नेपालको दावी छ । मन्त्री भट्टका आफन्तले भने, ‘मन्त्री भएपछि घटालबाबालाई चार वटा कालो बोकाहरूको ब’लि दिने बाचा गर्नुभएको थियो । भाकलअनुसार ब’लि दिइएको छ ।’

मन्त्री भट्टले बलि दिएको कुरा सार्वजनिक नगर्न निर्देशन दिएका कारण समाचार बाहिर नआएको बताइएको छ । उनले मन्दीरमा पुजा गर्दै गरेको तस्विर पनि खिच्न दिएका थिएनन् । सोही कारण भट्टले हतार हतारमा ब’लि दिएको एकजना सहयोगीले भनेका छन् ।

मन्त्री हुनुभन्दा अगाडि ‘मलाई मन्त्री दिलाउ प्रभु, म हजुरको सेवा गर्नेछु’ भन्दै भाकल गरेको मन्त्री भट्ट निकटका एकजना पूर्वमाओवादी निकटका नेताले बताए । घटाल देवताको भाकल पूरा भएपछि बोका, हाँस, कुखुरा, राँगा भेडा, ब’लि दिने चलन छ ।

घटालबाबा देवताले मागेको इच्छा पूरा गर्ने भन्ने जनविश्वास रहँदै आएको र उनले मन्त्री भएपछि सोही अनुसारको भाकल पुरा गरेको स्थानियले बताएका छन् । उनी पूर्व माओवादी नेता समेत हुन् । भूमीगत अवस्थामा रहेको बेला पूर्व माओवादीले धर्मका कारणले विभेद बढेको भन्दै मन्दिर पनि भत्काउने गरेका थिए । सोही पार्टीका नेताले मन्त्री भएपछि ब’लि चढाउने भाकल गरेको भन्दै स्थानियले आश्चर्य ब्यक्त गरेका छन् ।

Related Articles

Back to top button