vada
News

केपी ओली नै पाँच वर्षको प्रधानमन्त्री हो, हटाउनुहुँदैन् :कांग्रेस नेता रामशरण महत (भिडिओसहित)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवसरमा दिएको अभिब्यक्ति फेरी विवादित भएको छ । उनले अयोध्या नेपालमै भएको तर्क प्रस्तुत गरेका थिए । उनको सो अभिब्यक्ति पछि भारतीय मिडियाले फेरी प्रधानमन्त्रीका बारेमा तल्लो स्तरमा ओर्लिएर टिप्पणी सुरु गरेका छन् भने नेपालमै पनि विरोध भएको छ । ओलीले राज्य सत्ता टिकाउन अनेक उपाय अपनाउँदै नयाँ नयाँ विवादित विषयमा अभिब्यक्ति दिएको टिप्पणी गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले राम र राम जन्मभूमिबारे दिएको मन्तव्य फिर्ता लिँदै जनतासमक्ष आत्मालोचना गर्नुपर्ने बताएका छन्।

भारतले सांस्कृतिक तथ्य अतिक्रमण गरेको भनी उनले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भएको छ। सामाजिक सञ्जालमा प्रधानमन्त्री व्यंग्य र आलोचनाको सिकार बनेका छन्। भगवान रामको जन्मस्थान अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीबाट भारतको सत्तासित भारतीय जनता पार्टी (भाजपा) आक्रोशित भएको छ ।

प्रधानमन्त्री ओलीले सोमबार वास्तविक अयोध्या भारतमा नभई नेपालमा रहेको र भगवान राम नेपाली रहेको दाबी गरेका थिए । प्रधानमन्त्री ओलीले विवादास्पद अभिव्यक्ति दिएको भनि भाजपाले आलोचना तथा निन्दा गरेको हो।भाजपाका राष्ट्रिय प्रवक्ता विजय शोनकर शास्त्रीले भगवान रामप्रतिको आस्थामा खेलवाड गर्न नहुने बताएका छन् ।

यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री डा. रामशरण महतले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै पाँच वर्षको प्रधानमन्त्री भन्दै अहिले हटाउन नहुने स्पष्ट पारेका छन् । उनले नेकपाले पाँच वर्षको म्याण्डेट पाएको र आफूहरुलाई प्रमुख प्रतिपक्षमा बस्ने म्याण्डेट रहेको स्पष्ट पारे ।

मंगलबार राति प्राइम टाईम्स टेलिभिजनबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले आफूहरु अहिले सरकारमा जाने अवस्था नै नभएको जिकिर गरे । उनले प्रधानमन्त्री ओलीले गरेका राम्रा काममा आफूहरुले साथ दिने विश्वास दिलाए । बाँकी भिडिओमा :

Related Articles

Back to top button