vada
News

उदयपुरमा एकसाथ १५ जनाले कोरोना जितेर खुशी हुँदै घर फर्के

उदयपुर-उदयपुरमा १५ जनाले कोरोना जितेर घर फर्केका छन् ।उदयपुर कोभिड–१९ अस्पताल बेलटारबाट १५ जनाले कोरोना भाइरस जितेर घर फर्किएका हुन् जसमा ७ महिला र ८ पुरुष रहेका छन ।

कोरोना जित्नेमा त्रियुगा नगरपालिका का ४०, ३५ , २६ , ३० र २३ बर्षिय पुरुष ५०, ३७, ३०, ३० वषीया महिला कटारी नगरपालिका का १९ र २१ बर्षिय पुरुष , १० र १२ वर्षीया किशोरी रहेका छन् ।

उनीहरु सबै जना १६ दिनको उपचार पछि घर फर्किएका हुन् । त्यस अस्पतालमा अब आठ जना उपचाररत रहेको र सबैको अवस्था सामान्य रहेको छ ।

Related Articles

Back to top button