vada
News

अमिताभको स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पुजा

नयाँदिल्ली । बलिउड अभिनेता अमिताभ बच्चनलाइ शनिवार कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएका छन् । उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालका चिकित्सकले जनाएका छन् । उनलाई कोरोना भएको पुष्टि भएसंगै उनका शुभचिन्तकहरुले स्वास्थ्यलाभको कामना गरेका थिए ।

अमिताभले अस्पतालमा भर्ना भएपछि आफ्ना फ्यानका लागि सन्देश समेत दिएका थिए । एउटा भिडियो सन्देशमा उनले आफु निको भएर घर फर्कने विश्वास ब्यक्त गरेका थिए । स्वास्थ्यकर्मीलाई भगवनको रुप भन्दै उनीहरुमा विश्वास रहेको बताएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि स्वास्थ्य लाभको कामना गर्दै भारतका विभिन्न ठाउँमा पूजापाठ भएका छन् ।

अमिताभ बच्चन लगायत छोरा अभिषेक बच्चन, बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनमा पनि कोरोना पुष्टि भएको छ । अमिताभ बच्चनले शनिबार राति ट्वीट गर्दै आफूमा कोरोना भएको जानकारी गराएपछि फ्यानहरूले प्रार्थना गर्न थालेका हुन् । उनले साताको एक दिन आफ्नो घरवाट फ्यानसंग प्रत्यक्ष सम्बाद समेत गर्ने गरेका थिए । अमिताभलाई हेर्न उनको घर अगाडी ठूलो भिड लाग्ने गरेको छ । बलिउडमा आफ्नो जिवन विताएका अमिताभका फ्यान धेरै छन् ।

कलकत्तामा अमिताभ बच्चनको स्वास्थ्य लाभको कामना गर्दै यज्ञको आयोजना गरिएको छ । कलकत्ताको श्याम बजारमा रहेको शिव मन्दिरमा त्यहाँका मानिसले यज्ञ गरेका हुन् । यस्तै अल सेलिब्रेटी फ्रेन्ड्स क्लबका सदस्यले पनि बेहालाको चौरस्ता क्षेत्रमा भव्य पूजाको आयोजना गरेका छन् ।

कलकत्ता बाहेक मुम्बई तथा मध्यप्रदेशमा पनि अमिताभ बच्चनको स्वास्थ्यको कामना गर्दै पूजा समारोहहरु भइरहेका छन् । मध्यप्रदेशको प्रख्यात उज्जैन मन्दिरमा अमिताभ र परिवारका सदस्यको स्वास्थ्य कामना गर्दै विशेष पूजा गरिएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा बलिउड कलाकारहरु पनि संक्रमित भएका छन् । अमिताभको परिवारसंगै अनुपम खेरका परिवारलाई पनि कोरोना पुष्टि भएको छ । अनुपम र उनका परिवारका ४ जना सदस्यलाई कोरोना पुष्टि भएको हो । मंगलवार सारा अलि खानको घरमा पनि कोरोना प्रवेश गरेको छ । साराको गाडी चालकलाई कोरोना पुष्टि भएको हो । भारत कोरोना संक्रमितको हुने देश मध्य विश्वमा तेस्रो र एशियामा पहिलो मुलुक बनेको छ ।

Related Articles

Back to top button