vada
News

नेपालमा छ कोरना भाइरस र अन्य शक्तिशाली रोग निको पार्ने जडीबुटी, तर नेपालीलाई थाहै छैन !

काठमाडौँ । नेपालका वनस्पतिविज्ञ तथा अध्येताले गरेको अध्ययनमा नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता रहेको पाइएको छ । नेपालमा ११ हजार ९७१ प्रजातिका वनस्पतिमध्ये ८१९ प्रजातिका औषधिजन्य जडीबुटी पाइन्छन् ।

नेपालका परम्परागत चिकित्सामा प्रयोग हुने ४१ प्रजातिका जडीबुटीका भाइरलविरोधी क्षमताको अध्ययन भएको छ । ती औषधीय गुण भएका जडीबुटी २७ परिवारसँग सम्बन्धित छन् । एन्टी भाइरल, एन्टी हर्पस र एन्टी इन्फ्लुएन्जाका तìव तिनमा पाइएको छ  ।

जर्मन सहयोगमा करिब पाँच वर्ष लगाएर गरिएको अध्ययनमा सो कुरा उल्लेख छ । सन् २००९ मा प्रकाशित सो अध्ययनको निष्कर्षले नेपालका जडीबुटीमा भाइरलसँग लड्न सक्ने प्रचुर क्षमता देखाएको छ । हर्पस सिम्प्लेक्स भाइरस (एचएसभी–१) र ‘इन्फ्लुएन्जा भाइरस ए’ विरुद्ध नेपालका जडीबुटीले लड्नसक्ने तथ्य त्यस अध्ययनले बताएको छ तर त्यसको उपयोग नेपालको चिकित्सा क्षेत्रले प्रत्यक्ष गर्न सकेन ।

भाइरलविरुद्ध लड्नसक्ने आठवटा मुख्य जडीबुटीमध्ये पाखनवेद र बेदाङ्गो अर्थात् गाने गुर्जोले दुवै खालका भाइरलसँग लड्नसक्ने रासायनिक तìव बोकेका छन् । गाउँघरमा पाखनभेदलाई जन्ती फूल, सेलपारु, सिम्पाटी, नामले चिनिन्छ । वेदाङ्गोलाई बूढोओखती, ठूलो ओखती भनेर चिनिन्छ । यो उच्च हिमाली भेगमा पाँच हजार मिटरमाथि पाइन्छ । पाखनवेदले चट्टान फोरेर आफ्नो वासस्थान बनाउँछ भन्ने मान्यता राखिन्छ । नेपालको उच्च भूभाग ३५ सय मिरटमाथि यो पाइन्छ । ग्रामीण भेगमा पाखनवेदका जरा रुघाखोकी, ज्वरो, पखाला र सुत्केरी महिलालाई खुवाउने गरिन्छ ।

चिकित्सकीय उपयोगका लागि भएको त्यो अध्ययनले भाइरलसँग लड््न सक्ने प्रमाणित गरेको त्रिभुवन विश्वविद्यालयका वनस्पति विज्ञ तथा अध्येयता मध्येका एक प्रोफेसर डा. प्रमोदकुमार झाले बताउनुभयो । उहाँका अनुसार अन्य छमध्ये आधाले एउटा र अर्को आधाले अर्कोथरि भाइरलसँग लड्नसक्ने क्षमता राख्छ । वेदाङ्गो, पाखनवेदसहित क्यासियोप फास्टिगियाटा र थाइमस लाइनारिसले एचएसभी–१ भाइरलसँग लड्नसक्ने क्षमता राख्छ । यो खबर गोरखापत्र दैनिकबाट लिइएको हो ।

नेपालका सात सय प्रजातिका जडीबुटी औषधिमा प्रयोग

नेपालमा हाल सात सय प्रजातिका जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएका छन् । वनस्पति विभागले सात हजार किसिमका फूल फुल्ने वनस्पतिमध्ये सात सय प्रजातिका वनस्पति जडीबुटी औषधिका रुपमा प्रयोग हुँदै आएको बताएको छ ।

औषधिका रुपमा प्रयोग हुने जडीबुटीमध्ये सबैभन्दा बढी कर्णाली क्षेत्रमा जडीबुटी उत्पादन हुने गरेको र सबैभन्दा कम पश्चिमाञ्चल क्षेत्रमा हुने गरेको छ । कर्णाली क्षेत्रमा हावापानी तथा जलवायु राम्रो र मानवीय चाप कम भएकाले धेरै मात्रामा जडीबुटी उत्पादन हुने गरेको वनस्पति विभागका उपसचिव एवम् वैज्ञानिक अधिकृत दिलबहादुर क्षेत्रीले जानकारी दिए

उनले भने, “पश्चिमाञ्चलमा पनि धेरै मात्रामा जडीबुटीको सम्भावना छ तर प्रचारप्रसार र बजारको अभावले गर्दा उत्पादन कमी देखिएको हो ।” तराईमा उत्पादन हुने मुख्य जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, कुरिलो, सर्पगन्धा हुन् भने मध्यपहाडी भागमा चिराइतो, रिट्ठा, टिमुर, तेजपात÷दालचिनी, सुगन्धवाल व्यावसायिक रुपमा खेती भएको छ ।

यस्तै, हिमाली क्षेत्रमा भने जटामसी, कुट्की, अतिस, पद्मचाललगायतका रहेका छन् । जडीबुटीमध्ये तेल निस्कने जडीबुटीमा मेन्था, केमोमाइल, सिट्रोनेला, टिमुर, तेजपात हुन् । यीमध्ये जटामसी, पाँचऔँले, कुट्की, निरमसी पाटन (हिमाली घाँसे मैदान) क्षेत्रमा पाइन्छ । नेपालमा उत्पादन हुने जडीबुटीमध्ये अधिकांश छिमेकी मुलुक भारत र चीनमा धेरै निकासी हुने गरेको छ ।

जडीबुटीबाट प्रशोधित सुगन्धित तेल फ्रान्स, जर्मनी, इटालीलगायतका देशमा जाने गरेको विभागले जनाएको छ । विसं २०१६ मा स्थापना भएको विभागले सुरुको समयमा एलोपेथिक औषधिको गुण नियन्त्रण गर्ने कामसमेत गरेको वनस्पति विभागले पछिल्लो समय नेपालका वनस्पतिको अद्यावधिक तथ्याङ्क सङ्कलन, तालिम सञ्चालन, जडीबुटीको खेती विस्तार र संरक्षण गर्दै आएको छ । सबै वनस्पतिमा औषधीय गुण हुने र कुनैमा धेरै र कुनैमा थोरै मात्र हुने गरेको छ ।

अधिकृत क्षेत्री नेपालमा आयुर्वेदिक औषधिका कम्पनीहरु कम भएका कारण नेपालमा उत्पादन हुने जडीबुटीको भरपुर उपयोग हुन नसकेको गुनासो गर्नुहुन्छ । उनी भन्छन्, “जडीबुटीलाई गुणस्तरीय उत्पादन र जनचेतना फैलाउनु आवश्यक छ ।” जडीबुटीबाट प्रशोधित तेलको बिक्री पछिल्लो समय बढेको छ । विदेश लैजाने तेल गुणस्तर छ कि छैन भन्ने हेर्ने प्राकृतिक सम्पदा अनुसन्धान शाखाका प्रमुख ज्योति जोशी भट्टले गत आर्थिक वर्ष २०७१÷७२ मा एक हजार १०० भन्दा बढी गुणस्तर जाँच गरेको जानकारी दिए।

उनले आव २०७०÷७१ मा भन्दा यो ६०० ले बढी भएको बताए। उनले भने, “गुणस्तर परीक्षण गरेकोमध्ये ९५ प्रतिशत विदेश निकासी हुँदै आएको छ ।” उत्पादन भएका जडीबुटीमध्ये १०० देखि १५० प्रजातिका जडीबुटी विदेश निकासी हुँदै आएका छन् । नेपालमा अवैध जडीबुटी कारोबार गर्नेलाई जडीबुटी जफत र आवश्यकताअनुसारको दण्ड सजाय गर्ने प्रावधान रहेको छ । विभागले हाल इलाम, धनुषा, मकवानपुर, सल्यान, बाँके, जुम्ला र कैलाली जिल्ला वनस्पति कार्यालयमार्फत जडीबुटीको अध्ययन, अनुसन्धान र विस्तार गर्दै आएको छ ।

विभागका महानिर्देशक रामदेवप्रसाद यादवकाअनुसार आगामी वर्ष विभागले १६ वटा क्षेत्र बनाएर व्यक्तिगत तथा सामुदायिक क्षेत्रमा जडीबुटी खेती विस्तार गर्नका लागि प्रस्ताव मन्त्रालयमा पठाएको छ। उनले भने , “गत आर्थिक वर्षमा ‘एक नगर अनेक उद्यान’ कार्यक्रम विराटनगर, विदुर, पोखरा, भक्तपुरलगायत १० नगरपालिकामा सञ्चालन ग¥यौँ, आगामी वर्ष जडीबुटी उत्पादन कार्यक्रमलाई प्राथमिकता दिन्छौँ ।”

वन विभागले दिएको तथ्याङ्कअनुसार नेपालमा हाल वार्षिक चार हजार ८३५ मेट्रिक टन जडीबुटी उत्पादन हुँदै आएको छ । यस्तै, विभागले सतुवा, लौठसल्ला, अतिसलगायत ३० प्रजातिका जडीबुटीलाई अध्ययन, अनुसन्धान र खेती विस्तार गराउँदै आएको छ ।

Related Articles

Back to top button