vada
News

महोत्तरीमा खाल्डोमा जमेको पानीमा डुबेर २ बालिकाको मृत्यु

महोत्तरी– महोत्तरीमा खाल्डोमा जम्मेको पानीमा डुबेर दुई बालिकाको ज्यान गएको छ ।

भङ्गगा नगरपालिका–६ स्थित मजरा टोल निवासी रमदुला अन्सारीकी ७ वर्षीया छोरी जयनब खातुन र नइम अन्सारीकी ५ वर्षीया छोरी सहनाज खातुनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

खाल्डोमा जम्मेको पानीमा नुहाउने क्रममा उनीहरुको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश शिवाकोटीले जानकारी दिए ।

दुबै बालिकाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटना विषयमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

Related Articles

Back to top button