vada
News

नेल्सन मण्डेलाकी छोरीको कोरोना भाइरसका कारण मृत्यु

एजेन्सी – नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ । ५९ वर्षीय उनमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । डेडेनमार्कका लागि दक्षिण अफ्रिकी राजदूत जिन्जी मण्डेलाको मृत्यु भएपछि गरिएको परीक्षणमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो ।

तर उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् । शुक्रबार बिहान मण्डेलाको अन्त्येष्टि गरिने उनका छोराले बताएका छन् । शनिबार नेल्सन मन्डेलाको जन्मजयन्ति हो ।

‘यसको मतलब यो होइन कि उनको मृत्यु कोरोनाभाइरसको संक्रमणले भएको हो। तर मृत्युपछि भने उनमा संक्रमण देखिएको हो,’उनले भने,’अन्य थुप्रै परीक्षण गरिएको छ। जसले उनको मृत्युको कारण के हो भन्ने बताउनेछ।’

उनले आफ्नी आमाको पोष्टमार्टमको रिपोर्ट आउन बाँकी रहेको जानकारी बताएका छन् । जिन्द्जी मण्डेला नेल्सन मण्डेला र विन्नी मण्डेलाकी कान्छी छोरी हुन्। ५९ वर्षीया मण्डेलाको सोमबार बिहान जोहानसबर्ग अस्पतालमा मृत्यु भएको थियो। उनको अन्त्येष्टि शुक्रबार गर्ने तयारी भएको जनाइएको छ ।

Related Articles

Back to top button