प्रधानमन्त्रीको अभिव्यक्ति पछि, राम भारतमा जन्मिएको हो भन्दै भारतमा नेपालीलाई छोपेर कपाल खौरीदिए, टाउकोमा लेखे ‘जयश्री राम’
काठमाडौं । भारतमा नेपालीहरु माथि समस्या पर्न थालेको छ । नेपाल र भारतबीचको सिमा विवाद र त्यस पछि प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्याका विषयमा दिएको अभिब्यक्तिले भारतमा बस्ने नेपालीहरु अप्ठेरोमा पर्न थालेका छन् । भारतमा नेपालीहरुलाई ज’बरज’स्ती कपाल खौरिदिएर अपमानित गर्न थालेका छन् । प्रधानमन्त्रीले अयोध्याका बारेमा गलत अभिब्यक्ति दिएको भन्दै भारतका नागरिकले नेपालीलाई ज’वरज’स्ती गर्न थालेका हुन् । भारतीय नागरिकले नेपालीहरुलाई विभिन्न आरोप समेत लगाउन थालेका छन् ।
भारतको विश्व हिन्दु सेनाले बिहीवार वनारसमा रहेका नेपालीलाई अपमानित गर्दै ज’वरज’स्ती कपाल खौरिदिन थालेको त्यहाँ रहेका नेपालीले जनाएका छन् । उनीहरुले नेपालीलाई विभिन्न आरोप लगाउँदै अपमान गर्न थालेका छन् । हिन्दु सेनाले कपाल खौरेपछि ती नेपालीको शिरमा जय श्रीराम लेखिदिने गरेका छन् । नेपालका प्रधानमन्त्रीले अयोध्याका बारेमा दिएको अभिब्यक्तिका कारण यस्तो गरेको त्यहाँका नेपालीले जनाएका छन् । विश्व हिन्दु सेनाले नेपालका प्रधानमन्त्री विरुद्ध नारावाजी समेत गरेका थिए ।
राम नेपालमै जन्मेको प्रधानमन्त्री ओलीको अभिव्यक्तिविरुद्ध हिन्दु सेनाले यस्तो कदम चालेको हुन सक्ने बताइएको छ । भारतीय मिडियाले पनि यो विषयलाई प्राथमिकताका साथ उठाएका छन् । भारतीय सन्तहरुले प्रधानमन्त्री विरुद्ध नेपालका सन्तहरुसंग मिलेर आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।
बिहीवार बिहान बनारसको एक मन्दिरमा हिन्दु सेनाले नेपालका प्रधानमन्त्री ओलीलाई यस्ता गतिविधि कायम राखे राम्रो नहुने भन्दै चेतावनी लेखेको पोष्टर समेत टाँसेका छन् । सोही साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेका नेपालीलाई छोपेर कपाल खौरिदिएका हुन् । भारतीय समाचार संस्थाहरुले सो कुरा उल्लेख गर्दै समाचार बनाएका छन् । यसरी अपमानित भएका नेपालीको परिचय भने खुलाइएको छैन ।
विश्व हिन्दु सेनाका संरक्षक अरुण पाठकले आफ्नो कार्यकर्ताले उठाएको यो कदम सही भएको बताएका छन्। प्रधानमन्त्री ओलीले आफ्नो बयान फेर्नुपर्ने पाठकले सुझाएका छन्। नेपालमै पनि प्रधानमन्त्रीको सो अभिब्यक्तिले तरंग उत्पन्न गरेको छ । नेकपाकै केही नेताहरुले प्रधानमन्त्रीको अभिब्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्ने सुझाव दिएका छन् । परराष्ट्र मन्त्रालयले पनि प्रधानमन्त्रीको सो अभिब्यक्ति कुनै राजनीतिक पूर्वाग्रहीवाट अभिब्यक्त नगरेको भन्दै स्पष्टिकरण दिएको छ ।