News
कास्कीको माछापुच्छ्रेमा पहिरो, २ दाजु र बहिनीले गुमाए ज्यान
पोखरा / कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पहिरो जाँदा ३ जनाको मुत्यु भएकाे छ ।
गाउँपालिका वडा नम्बर ८ खोराकोमुखमा गए राती पहिरो जाँदा ३ जनाले ज्यान गुमाएका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालका अनुसार प्रेमराज विकको घरमा पहिरो खस्दा ३ जनाको ज्यान गएको हो ।
पहिरोले प्रेमराजको माइलो छोराको छोरा १६ वर्षीय नाती कुशल विक, १६ वर्षकी नातिनी रोजिना विक र १४ वर्षीय नाती समिर विककको ज्यान गएको हाे ।
पहिरोमा पुरिएका तीनै जनाको श-व निकालिएको उनले जानकारी दिए ।