vada
News

कोरोनाले थलिएका सुपरस्टार अमिताभले अस्पतालको शैय्याबाट नमस्तै गर्दै भगवानलाई सम्झिए

एजेन्सी । कोरोनाले थलिएका भारतीय सुपरस्टार अमिताभ वच्चन यतिबेला अस्पतालको शैयामा बसेर स्वास्थ्यलाभ गरिरहेका छन् । अस्पतालको शैह्याबाट अमिताभले आफ्नो स्वास्यमा सुधार आइरहेको उल्लेख गर्दै भगवान्लाई सम्झिएर दिन काटिरहेका छन् ।

कोरोना पोजेटिभ देखिएपछि अमिताभ केही दिनयता मुम्बईको नानावटी अस्पतालमा उपचाररत अवस्थामा छन् । जहाँ उनीसँगै छोरा अभिषेकपनि आइसोलेसनमा उपचाररत छन् । त्यस्तै बुहारी ऐश्वर्या र नातिनी आराध्याय भने क्वारेन्टाइनमा रहेका बेला अमिताभले सबैको स्वास्थ्यलाभको कामना गर्दै अस्पताल भर्ना भएको १ साता पुग्न लाग्दा भगवान्लाई सम्झिएका छन् । जुन तस्विर इस्टाग्राममा अहिले भाइरल बनिरहेको छ । तस्विरमा उनले , ‘ईश्वरको चरणमा समर्पित भन्दै क्याप्सन लेखेका छन् ।

त्यस्तै केही समयअघि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी भारतीय अभिनेत्री ऐश्वर्या राय बच्चन र उनी छोरीलाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई हिजो साँझ अस्पताल भर्ना गरिएको हो । अभिनेत्री ऐश्वर्या र उनकी छोरी आरध्यामा केही समयअघि कोरोना संक्रमणको पुष्टि भएको थियो । कोरोना भाइरसका संक्रमण पुष्टि भएपनि उनीहरुमा लक्षण भने देखिएका थिएनन् । तर, हिजो केही लक्षण देखिएसँगै उनीहरुलाई अस्पताल भर्ना गरिएको छ । दुवै जनालाई नानाभती अस्पतालमा भर्ना गरिएको छ । उनीहरु गत जुलाइ १२ देखि घरमै आइसोलेसनमा बसिरहेका थिए ।

Related Articles

Back to top button