vada
News

ओलीकै कारण नेकपा ठूलो पार्टी भएको हो, क्लब बनाएर आलोचना गर्नेभए पुरानै पार्टीमा फर्कनुहोस्ः बास्कोटा

काठमाडौं । नेकपाका नेता तथा पूर्व सञ्चार मन्त्री गोकुल बास्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना गर्नेलाई पुरानै पार्टीमा फर्कने चेतावनी दिएा छन् । उनले प्रधानमन्त्री विरुद्ध क्लव बनाएर षडयन्त्र नगर्न पनि चेतावनी दिएका छन् । सत्तारुढ नेकपामा अहिले गुटगत राजनीति हावी छ । एक गुटले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग गरेका छन् ।

प्रधानमन्त्रीको कार्यशैली र अभिब्यक्तिका कारण रुष्ट भएका नेताले उनको राजिनामा मागेका हुन् । प्रधानमन्त्रीको राजिनामा माग गर्दै आएका कारण ओलीले स्थायी समिति बैठक समेत टार्दै आएका छन् भने संसद बैठक समेत स्थगत गर्ने निणर्य गरेका छन् ।ओलीको यस्तो कृयाकलापले नेकपामा थप विवाद चुलिएको छ ।

नेकपाका अर्को अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्षवाट राजिनामा दिन आग्रह गरेका छन् ।नेता बाँस्कोटाले यि नेतालाई पार्टीमा गुटबन्दी गर्नुभन्दा पुरानै पार्टीमा फर्कन चेतावनी दिएका छन् । उनले नेताहरुलाई पार्टी अध्यक्ष र प्रधानमन्त्रीवाट हटाएर देखाउन चुनौती दिएका हुन् ।

उनले एक अनलाईनसंगको अन्तरवार्तामा भनेका छन्, कसैलाई केही हुन मन लाग्यो भनेर नहुने बताउदै उनले अहिले नेकपाको धेरै कुरा अन्तरिम भएकाले कसैले बालहठ गर्नुको अर्थ छैन । केपी ओलीकै कारणले नेकपा ठूलो पार्टी भएको र जनताले निर्वाचित गरेकाले उनले प्रधानमन्त्रीबाट राजीनामा दिनु नपर्ने र महाधिवेशनमा नजादाँसम्म पार्टीमा दुई ओटा पाईलट रहने बैधानिक व्यवस्था नै रहेको तर्क गरेका छन् । उनले नेताहरुलाई प्रधानमन्त्रीवाट हटाउन आधिकारीक निकायवाट प्रकृया अघि बढाउन सुझाव दिएका छन् ।

उनले भने, अव त अति भो कचकच । नेताहरुको तरिकाले कार्यकर्ता पनि वाक्क दिक्क भइसके । सकिन्छ मिलेर गरौँ सकिदैन भने आ आफ्नो पहिलाको पार्टी छ त्यतै लागौँ । सधैँ गनगन नगरौँ ।”नेता बास्कोटाले अहिले जे जति हल्ला भएपनि अन्त्यमा कुरा मिल्ने र पार्टीमा कुनै भूकम्प नआउने दावी पनि पनि गरेका छन् ।

Related Articles

Back to top button