vada
News

ओलीको पक्षमा कमल थापा, भन्छन् : ओलीलाई परिवर्तन गरेर अहिलेको समस्या समाधान हुँदैन

काठमाण्डौ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ नेकपाभित्रका नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको बताएका छन्। नेकपामा केही समयदेखि प्रधानमन्त्रीको राजीनामा लगायतका विषयमा देखिएको विवादतर्फ संकेत गर्दै अध्यक्ष थापाले व्यक्ति परिवर्तनबाट अहिलेको समस्याको समधान नहुने बताएका छन्। प्रधानमन्त्री ओलीको नाम नलिइकन उनले ओलीलाई हटाएर अहिलेको समस्या समधान नहुने धारणा व्यक्ति गरेका छन्।

लामो समयदेखि संवैधानिक राजतन्त्र र हिन्दूराष्ट्रका पक्षमा वकालत गर्दै आइरहेका अध्यक्ष थापाले १२ बुँदै सम्झौताको मार्गचित्र अनुसार अगाडि बढ्दा अहिले समस्या आएको भन्दै उक्त मार्गचित्र परिवर्तन गर्नुपर्ने बताएका छन्। उनले सो मार्गचित्र परिवर्तन गर्न नसके नेकपालाई जनताले ५ वर्षका लागि मत दिएको भन्दै जनादेशअनुसार ५ वर्ष मिलेर काम गर्न सुझाव समेत दिएका छन्।

‘सत्तारुढ दल नेकपाको विवाद नीति, पद्दति, प्रणालीबारे होइन, नितान्त व्यक्तिगत र व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ’, शनिबार अध्यक्ष थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन। सक्नुहुन्छ भने १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आँट गर्नोस्। होइन भने जनादेश अनुसार ५ वर्ष मिलेर काम गर्नोस्।’

सत्तारुढ दल नेकपाको विवाद नीति/पद्दति/प्रणालीवारे होईन,नितान्त व्यक्तिगत/व्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ।अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुंदैन।सक्नुहुन्छ भने १२बुंदे सम्झौतापछिको मार्गचित्र परिवर्तनगर्ने आंट गर्नोस्।होइन भने जनादेश अनुसार ५बर्ष मिलेर काम गर्नोस्

— Kamal Thapa (@KTnepal) July 18, 2020

यो पनि : ओलीलाई प्रधानमन्त्रीबाट हटाएर देशलाई बचाऔँ : बाबुराम भट्टराई

त्यस्तै पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई हिटलरसँग तुलना गर्दै आलोचना गरेका छन्। शनिबार बिहान ट्वीट गर्दै नेता भट्टराईले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीको बेलगाम हर्कतले देश गम्भीर संकटतिर गएको आरोप लगाएका छन्। ट्वीट गर्दै भट्टराईले प्रश्न समेत गरेका छन् । उनले ‘संसदबाटै संकटमोचन किन हुन्न ? ओली हटाऔं, देश बचाऔं,’ ट्वीटमा लेखेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीको वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ,’ ट्वीटरमा नेता भट्टराईले लेखेका छन्, ‘हिटलर पनि निर्वाचित थिए। चरम राष्ट्रवाद उनको पनि ह’तियार थियो।आखिर के भयो?’

प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं

प्रम@kpsharmaoli को वेलगाम हर्कतले देश गम्भीर संकटतिर जाँदैछ।कोरोना,अर्थतन्त्र,भ्रष्टाचार,विदेशनीति,जातीय/धार्मिक द्वेष,राज्यका अंग.!स्मरण रहोस् हिट्लर पनि निर्वाचित थिए;चरम राष्ट्रवाद उनको पनि हतियार थियो।आखिर के भयो?नेकपा किन अलमलमा?संसदबाटै संकटमोचन किन हुन्न?#ओलीहटाऔंदेशबचाऔं

— Baburam Bhattarai (@brb1954) July 18, 2020

Related Articles

Back to top button