यसकारण यी महिलाले दिन सक्छिन्, संसारलाई सबैभन्दा पहिले कोरोनाविरुद्ध खोप
एजेन्सी – कोरोना भाइरसविरुद्धको खोप निर्माणमा अहिले विश्वका कैयौं देश तथा कम्पनी जुटिरहेका छन्। तर यी सबैका बीच अक्सफोर्ड विश्वविद्यालयले गरेको खोेप परीक्षणको सबैभन्दा बढी चर्चा छ। उक्त विश्वविद्यालयले मानिसमा गरेको खोप परीक्षणको नतिजा प्रभावकारी देखिएको छ। अब सबै कुरा ठीक भएका खण्डमा कोरोना भाइरसविरुद्ध चाँडै प्रभावकारी खोप तयार हुनेछ।
अक्सफोर्ड विश्वविद्यालयले औषधि कम्पनी एस्ट्रेजेनेकासँग मिलेर खोप बनाइरहेको छ। अक्सफोर्ड विश्वविद्यालयको एक टोली सारा गिलबर्टको नेतृत्वमा खोप निर्माण गरिरहेको छ। प्राध्यापक साराले नेतृत्व गरिरहेको अक्सफोर्ड विश्वविद्यालयको टोलीलाई कोरोना भाइरसविरुद्ध खोप निर्माणमा सबैभन्दा अग्रणी मानिन्छ।
सारा गिलबर्ट
त्यस्तै विश्वका विभिन्न देशमा फैलिदै गएको कोरोना भाइरस विरुद्धको खोप प्रयोग योग्य हुन अझै तीन महिना लाग्ने चिनियाँ अधिकारीले बताएका छन्। ‘हामीले अहिले कोरोना भाइरसका पाँच स्वरूपलाई छुट्याउन सफल भएका छौँ जसमध्ये दुई यसको खोप निर्माणका लागि उपयोगी देखिएका छन्।’
कम्तीमा तीन महिनामा खोपलाई परीक्षणमा ल्याउन सकिने आशा गर्न सकिने खोपका लागि अनुसन्धानमा संलग्न रहेका चिनियाँ विषेशज्ञ लि लाङजुनले जानकारी दिए। चिनियाँ समाचार संस्था सिन्ह्वासँगको अन्तवार्ताका क्रममा उनले खोपको विकासका लागि गर्नुपर्ने विभिन्न प्रक्रियागत कामहरु भइरहेको बताए।