vada
News

सीमामा पर्खाल लगाउने पैसा ओली सरकारसंग छैन भने भनोस करोडौं नेपाली पैसा दिन तयार छन् (भिडियो)

सौरभ, राजनीतिक विश्लेषक तथा स्तम्भकार । नेपाली राजनीति, इतिहास, संस्कृति र पहिचानबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने लेखक हुन् राजनीतिक विश्लेषक तथा स्तम्भकार सौरभ । राजनीतिशास्त्र, पत्रकारिता, मेडिकल साइन्स, जनप्रशासन र वनस्पति विज्ञानमा औपचारिक अध्ययन अनुसन्धान गर्न रुचि भएका सौरभले ब्रेकिङ नेपाल, असहमति, असंगतिका जस्ता ग्रन्थका लेखक पनि हुन् । उनले बिबिसी, कान्तिपुर, गोरखापत्रमा पत्रकारिता समेत गरेका थिए ।

उनै राजनीतिक विश्लेषक तथा स्तम्भकार सौरभसंग ‘सरकार सञ्चालनदेखि सीमा विवादसम्मको समीक्षा’बारे बहुचर्चित टेलिभिजन टकशो तमसोमा ज्योतिर्गमयको टीकाराम यात्रीले गरेको महत्वपूर्ण कुराकानी ।

यस्तो छ सौरभको विचार :-

सांकेतिक फोटो

भारत-नेपाल बीच रहेको खुल्ला सिमा अब बन्द गर्नै पर्छ, नेपालले सीमामा काँडेतार लगाउन डराउनु हुदैन । भारतले यस्तो गर्न दिदैनन् भने नेपालले एकलरुपमा यो काम गर्नु पर्छ । ढिलोचाँडो नेपालले भारतसंगयूद्ध गर्ने पर्छ, अब निर्णायक समय आयो भारतसँग सिमा विवाद अब वार कि पार गर्नैपर्छ ।

सीमामा काँडेतार लगाउन सरकारसंग पैसा छैन भने भनोस लाखौं नेपाली पैसा दिन तयार छन् । केही हजारौं मरौला तर नेपाल र नेपालीले एक दिन भारत संग युद्धगर्नुपर्छ । युद्धमा नेपाली सेना मात्रै जाने भनेको होइन सबै नेपाली जो संग जे छ त्यहि बोकेर यो अभियानमा सामेल हुनुपर्छ ।

एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसोमा ज्योतिर्गमय सकारात्मक सोच,सम्भावना र उज्यालोको खोजी गर्ने बहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुनसुकै क्षेत्रका विज्ञ विष्लेषक तथा उदाहरणीय पात्रलाई अतिथिका रूपमा निम्त्याउने गरिन्छ ।

राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिवर्तनको पक्षमा आवाज मुखरित गर्ने कार्यक्रममा विश्लेषक सौरभसंगको कुराकानी हेर्न तल भिडियोमा क्लिक गर्नुस ।

Related Articles

Back to top button