vada
News

पैसाकै कारण अस्पताल जान र आउँन नसक्नेलाइ एम्बुलेन्स भाडा सहयोग गर्ने समाजसेवी कृष्ण कार्कीको घोषणा

कालेकृष्ण, रतुवामाइ – मोरङको रतुवामाइमा कोरोना भाइरस र त्यसबाट सिर्जित लकडाउनका कारण रोजीरोटी गुमाएर समस्यामा परेका वा गरिव दुखी जो पैसाकै कारण अस्पताल जान सक्दैन त्यस्ता विरामीहरूलाई अस्पतालसम्म जाने र घरसम्म आउने एम्बुलेन्स भाडा सहयोग गर्ने कृष्ण कार्कीले घोषणा गरेका छन् । कार्की विगत दस वर्षदेखि जापानमा व्यवसाय गर्दै समाजसेवा मा तल्लिन छ्न ।

उनी भन्छ्न एम्बुलेन्स भाडा तिर्न समस्यामा परेका विरामीहरूलाई सम्पर्क गर्न आह्वान गरेका छन् समस्या पर्दा साहुको चर्को व्याजदरको ऋण लियर अरुको मुख ताकेको र उनिहरुको आर्थिक अवस्था झनै नाजुक भएको देखेर आफूले सकेको सहयोग गरौँ भन्ने मनुसायले विरामीको एम्बुलेन्स भाडा तिरिदिने घोषणा गरेको कार्की बताउछ्न उनले यो सेवा मोरङ रतुवामाइमा उपलब्ध गराएको बताए ।

कृष्ण कार्की
उनले नेपालमा अझैपनि गरिबीकै कारण अस्पतालको पहुँच नहुँदा विरामीहरूको मृत्यु समेत हुने गरेको कुरालाई मध्यनजर गरेर आफूले सकेको सहयोग गर्ने घोषणा गरेका हुन् । कार्कीले सहजीकरणका लागि रतुवामाइमा नरेश धामी लाई राखेका छन् ।

समस्यामा परेका व्यक्तिहरुले धामी लाई सम्पर्क गर्न सक्नेछन् । समस्यामा परेकाहरुले नरेश धामी को मोबाइल ९८१६३०९२८५ नम्बरमा फोन सम्पर्क गरेर सहयोग लिन सक्ने जानकारी कृष्ण कार्कीले बताए । कार्कीले यो भन्दा पहिले पनि विभिन्न सामाजिक क्षेत्रमा सयौ सहयोग गर्दै आइरहेका छन् ।

Related Articles

Back to top button