vada
News

जन्मदिन मनाउने खर्चले दुबईमा अलपत्र परेकी चेलीलाई उद्धार गर्दै कुमार कट्टेल ‘जिग्री’

चर्चित हाँस्यकलाकार कुमार कट्टेल जिग्री आजबाट ३१ वर्षमा लागेका छन् । लोकप्रिय हाँस्य श्रृङखला मेरी बास्सैबाट अभिनय यात्रा सुरु गरेका जिग्री भद्रगोल, सक्किगोनीसम्म आइपुग्दा उनले नाम र दाम दुवै कमाउन सफल भएका छन् ।

विसं २०४६ सालमा सोलुखुम्बुमा जन्मिएका कट्टेललाई जन्मदिनको अवसरमा सामाजिक संजाल र आफन्त तथा शुभचिन्तकहरुले शुभकामना ब्यक्त गरिरहेका छन् ।

हाँस्यकलाकार हुँदै लेखक तथा निर्देशकसम्मको भूमिका निर्वाह गरिरहेका जिग्रीले आफ्नो जन्मदिन मनाउने खर्चले दुबईमा अलपत्र परेकी झापाकी चेलीलाई उद्धार गर्ने फेसबुक मार्फत जानकारी दिएका छन् ।

संसार कोरोनाको कहर बाट गुज्री रहेको बेला सम्पुर्ण मानब जगत नै अत्यन्तै कष्टकर समय बाट बिति रहेको छ ! नेपाल बाट बिभिन्न देशमा जानु भयका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख , अभाव र पिडामा हुनुहुन्छ ! कतिपय नेपालि घर फर्कन समेत न सक्ने अवस्थामा हुनुहुन्छ, यहि पिडा लाइ महशुश गर्दै झापा घर भयकि एक जना नेपाली चेलि दलाल मार्फत भारतको बाटो हुदै दुबइ पुगेर अलपत्र र अत्यन्तै पिडामा रहनु भयको कुरा आदरणीय दाइ प्रकाश पौडेलको फेसबुक पोस्ट मार्फत अवगत भयो !

मैले मेरो जन्मदिन खुशियालि साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भयकि नेपाली चेलिलाइ दुबइ बाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु !

यो विशम परिस्थितिमा दुःख र अभावमा रहेका नेपालिहरुको पिडामा आफुले सकेको सहयोग गरौ ! जय देश
जय जननी

Related Articles

Back to top button